समाचार प्रभाव: मृगौला पीडित गोपाललाई सहयोग



कोहलपुर ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत मृगौला पीडितलाई आर्र्थिक सहयोग जुटेको छ । अस्पताल मै कार्यरत केही डाक्टरहरुले मृगौला पीडितहरुलाई आर्थिक सहयोग गरेका हुन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलासिस गरिरहेका मृगौला पीडितले भोगिरहेको समस्याका विषयमा असार १४ गतेको पहिलो पृष्ठमा टुडे राष्ट्रिय दैनिकले ‘डायलाइसिस गर्ने बिरामीको कथा—व्यथा, जो झाँडा माझेर श्रीमानको उपचार गर्छिन्’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि अस्पतालको बिरन हेल्थ केयर वार्डकी इन्चार्ज अन्जु पाण्डे सहित १० जना डाक्टर र कर्मचारीहरुले ंडायलासिस गरिरहेका बिरामीहरुलाई मंलबार सहयोग गरेका हुन् । केयर वार्डकी इन्चार्ज अन्जु पाण्डेले सबैले सबै जनाले एक दिनको तलब कटाएर कुल आठ हजार रुपैयाँ सहयोग गरिएको मिसन टुडे दैनिकलाई जानकारी दिइन् । मिसन टुडेले लकडाउनको समस्यामा हप्ताको दुई दिन डायलासिस गर्नु पर्ने बिरामी र आफ्न्तको बिचल्ली भएको र श्रीमानलाई बचाउँनको लागि भाडा माझ्ने गरेको विषयमा समाचार लेखेको थियो । समाचार प्रकाशित भएपछि सहयोग पाएका बर्दियाको गेरुवा गाउँपालिकाका गोपाल विकले आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो समस्याका विषयमा समाचार लेखिदिएको भन्दै मिसन टुडे र आर्थिक सहयोग गर्ने त्यहाँका कर्मचारी र डाक्टरहरुलाई धन्याबाद दिए । यता बिरन हेल्थ केयर स्टेसन म्यानेजर शिशिर शाहले आर्थिक समस्याका कारणले गर्दा अस्पतालको कोलियामा तीन महिनादेखि बाँस बसिरहेकाहरुको समस्या धेरै रहेको बताए । उनले उनीहरुको समस्या समाधानको लागि सम्पूर्णलाई अपिल समेत गरेका छन् । अहिले उक्त अस्पतालमा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिमका ८० जना डायलासिस गर्नु पर्ने बिरामी निकै मर्कामा परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १७ गते बुधबार