कोहलपुर ।
बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सेवा भोलीबाट हुने भएको छ । आज बिहान त्यहाँ उपचार गराइरहेकी एक गर्भवति महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवाहरु बन्द गरिएको छ ।
अछाम चोरकोट गाउपालिका वडा नं। ५ घर भएकी वर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको हो ।
अस्पतालले एक सूचना जारी गरेर सुरक्षा अपनाएर भोलीबाट मात्रै सबै सेवा सुरु हुने जानकारी गराएको छ । ‘यसप्रति आम सेवाग्राहीहरुमा पर्न गएको असुबिधाप्रती अस्पताल ब्यबस्थापन क्षमा प्रार्थी छ ।
भोलिदेखी सुरक्षीत साथ सबै सेवाहरु सुचारु हूने समेत जानकारी गर्दछौ’ सूचनामा भनिएको छ । संक्रमित महिलाको भने अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्