कर्णालीमा पहिलो पटक कोरोना ‘पोजेटिभ’ आशंका, पुर्नः परिक्षण नेपालगञ्जमा गरिने



सुर्खेत :
कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ’ रिपोर्ट आएको छ ।

केही समय अघि भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताइन् ।

बमक जभचभ बमक जभचभ
रिपोर्टको पुनः परीक्षणका लागि स्वाबको नमूना नेपालगञ्ज पठाइएको छ । ‘पीसीआर जाँच गर्दा १ जनामा शंकास्पद रिपोर्ट देखिएको छ । हामी पुनः पुष्टिका लागि थप जाँच गर्दैछौं,’ निर्देशक जोशीले भनिन्, ‘साँझ वा भोलि बिहानसम्म पूरै रिपोर्ट आउला ।’

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको वनवासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ १ गते आठबीस ल्याएको थियो । उनी लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । उनीसँगै अन्य ३८ जना युवा पनि क्वारेन्टाइनमा बस्दै आइरहेका वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार