टिकापुरहुँदै लम्कीतिर



नियात्रा

– महानन्द ढकाल

हामी मनकामना भावना होटलमा पुग्यौं । हाम्रो खानाको व्यवस्था यही होटलमा थियो । विभिन्न स्थानबाट साथीहरु आइसकेका रहेछन् । कृष्ण देवकोटा पोखरा, सन्तोष अम्गाइ काठमाडौं र स्थानीय मुक्तककारहरु होटलको गेटमा नै भेट भए । खाना खादै गर्दा लक्ष्मी अर्पणा भेट भइन् । पहिला स्याङजामा पनि भेट भएको थियो उनीसङ्ग । एक दर्जन मुक्तकहरु उबेला पनि सुनेको थिएँ लक्ष्मी अर्पणाका । यिनै मुक्तककारको ‘आभार’ मुक्तक सङग्रहको बारेमा बोल्ने जिम्मा थियो मलाई । खाना खाइसक्दा साढे बाह् भइसकेको थियो ।

कार्यक्रम टिकापुर जेसिस हलमा हुने तयारी रहेछ । हामीलाई यो हल कहाँ छ भन्ने थाहा थिएन । बाटोमा नै त होला भन्ने लाग्यो र बजारको उत्तरतिर लाग्यौं । बजार सकियो हल भेट्टाइएन । अब भने हामीलाई फसाद प¥यो । यसै त ढिलो भएको थियो झन् हल खोज्न समय लाग्ने भयो । हामी बेतालमा हिडेको लम्कीका गजलकार धनराज अविरलले देखेका रहेछन् । हत्तनपत्त बाइक रोकेर हामीलाई बोलाए । हामी लाज मानी मानी फर्कियौं । उनी भेट नभएको भए खै कहाँ पुगेर मोडिन्थ्यौं ? बेसुरमा हिड्ने हामी कत्तिका बौद्धिक ? आपैmले आपैmलाई प्रश्न गर्न मन लाग्यो ।

साथीहरु हलमा जम्मा भइसकेका रहेछन् । डिल्ली राज ओझा सर्मपण जो कार्यक्रमका एक मुख्य वाचक पनि थिए उनै आइनपुगेको कारण कार्यक्रम केहीबेर पछाडि धकेलिएको रहेछ । हामीलाई भने राम्रै भयो । कार्यक्रम ढिलो हुने कारण धन्न हामी बन्न पुगेनछौं । एघार बजे नै कार्यक्रम स्थलमा पुगेका दर्शकहरुको अनुहार हेर्न लाइकको भइरकेको रहेछ भने आयोजकहरुको छट्पटि सजिलै अनुमान गर्न सकिन्थ्यो । कसैलाई कुर्नुको पीडा आपैmमा पीडादायक हुन्छ नै । यो पीडाको सबैभन्दा राम्रो अनुभव त प्रेमील जोडीहरुलाई हुन्छ । जे होस् छट्पटी सबैमा थियो ।

तोकिएको समयभन्दा करिव डेढ घण्टापछि कार्यक्रम सुरु भयो । प्रमुख अतिथि आख्यानकार गगनसिङ रावल हुनुहुदो रहेछ । उहाँ पुरानो साहित्यकार । कार्यक्रम मुक्तकको थियो तर प्रमुख अतिथि आख्यानकार । कतिले शंकाको दृष्टिले हेर्दै थिए । सभापति निर्दोष डेविट मुक्तक मञ्च नेपालका अध्यक्ष । मान्छे नचिन्दा र रचना नपढ्दा पनि नाम मात्रै पनि मलाई खुव मन परेको नाम हो निर्दोष डेविट । पछिपछि त थाहा भयो नाम जत्तिकै सुन्दर रहेछ डेविटको लेखन र काम गर्ने तरिका पनि । चार मुक्तककारहरुलाई पूmलमाला सहित सम्मान पूर्वक राखियो मञ्चमा । केही उत्साहा र केही छट्पटि र धेरै खुसी देखिन्थे मुक्तककारहरु । कृष्ण देवकोटा जो मुक्तक मञ्च पोखराका पूर्व अध्यक्ष थिए भने सन्तोष अम्गाँइ मुक्तक मञ्च कोरियाका पूर्व अध्यक्ष थिए । त्यसै गरी मदन भण्डारी पूर्वाअञ्चल झापाका नाम चलेका मुक्तककार थिए भने डिल्ली राज सर्मपण सुदुर पश्चिमाञ्चल कैलालीका सम्मानित मुक्तककार थिए । यिनै चार जना मुक्तककारहरुका दर्जनौ मुक्तकहरुका साथमा लक्ष्मी अर्पणाको मुक्तक सङ्ग्रह ‘आभार’ को पुस्तक चर्चा गर्ने कार्यक्रम थियो ।

कार्यक्रमलाई दुई चरणमा बाँढियो । पहिलो चरणमा पुस्तक चर्चा र दोस्रो चरणमा विशेष मुक्तक वाचन । पहिलो चरणको जिम्मा मलाई नै थियो । ‘आभार’को चिरफार मैले नै गर्नुपर्ने
थियो । एक पटक लक्ष्मी अपर्णालाई हेरें । कति सरल, कति नम्र र कति कोमल ? शब्द तौली तौली मात्रै बोल्ने स्वभाव । शब्दभन्दा पहिला मुस्कानको हाजिरी । हरेक पटक खोज्ने
गरेको प्रश्नको उत्तर यहाँ पनि खोजें मैले । कवि र कविताको सम्बन्ध के हुन्छ ? कविता जस्तो कवि हुन जरुरी छ कि छैन ? सृजना भन्नु कल्पनाको उडान हो कि समाजको कलात्मक अभिव्यक्ति ? कयौं पटक अनुत्तरित हुने गरेका मेरा प्रश्नहरुको उत्तर लक्ष्मी अर्पणा र ‘आभार’भित्र पनि खोजें ।

दिन र रातिमा फरक देख्दिन आज भोलि पुजारी र पापीमा फरक देख्दिन आज भोलि अन्धविश्वास गरेकोले नै घात गर्छन् भने सत्रु र साथीमा फरक देख्दिन आजभोलि यस्तै यस्तै ४÷५ केही मुक्तकहरु वाचन गरें । उनका हरेक मुक्तकहरुलाई हलले तालीले समर्थन ग¥यो । भाषण होस् वा समीक्षा चाहेर पनि धेरै लामो गर्नै सक्दिन मैले । अनावश्यक फत्फताएको पटक्कै मन पर्दैन म आपैmलाई पनि । मलाई मन पर्दैन भने अरुलाई पनि मन पर्दैन होला भन्ने लाग्छ । मुक्तक सङ्ग्रहले समेटेका मूलभूत विषयवस्तु र विशेषता सहित चानचुन चार पाँच मिनेटभित्र नै समीक्षालाई बिट मारें । पन्ध्रदेखि बीस मिनेटको समय छुट्टाएका रहेछन् आयोजकले मेरो लागि ।

‘बकितम् भन्दा लिखितम् राम्रो हो, यस पटक पुस्तकको परिचय मात्रै, बाँकि कुरा लेखेर भन्नेछु ।’ भनेर टुङ्ग्याए पछि सबै खुसी पनि भए । दोस्रो चरण सुरु भयो । पूmलमाला लगाएर बेहुला जस्ता बनेर बसेका वाचकहरु अन्यभन्दा कमजोर भइन्छ कि भन्ने कुरामा सचेत देखिन्थे । प्रत्येक चरणमा पाँच पाँच मुक्तकहरु वाचन गर्ने गरी कार्यक्रमको सेडुल बनाइएको रहेछ । पहिलो चरणको पहिलो वक्ता थिए झापाका मदन भण्डारी ।

के गर्दै छ होली विचरी कसरी वाचेकी छे ?

राखेर आँखामा पोखरी कसरी बाँचेकी छे ?

तिम्रै हातको सिन्दुर सुजाइ मर्छु भन्थी

मलाई लाएर पराइको तिलहरी कसरी बाँचेकी छे ?

एकपछि अर्को गर्दै मुक्तको वर्षा गरे मदनले । दर्शकहरुले ताली बजाउन पटक्कै कन्जुसाइँ गरेनन् । हुन पनि त मुक्तक सुन्नकै लागि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर मात्रै नभएर सुर्खेतदेखि अछामसम्मका मुक्तककारहरुको बाक्लो उपस्थिति थियो टिकापुरमा । मदन भण्डारीले पहिलो चरण सक्किनै बित्तिकै सन्तोष अम्गाइँ स्टेजमा उत्रिए ।

मह काड, हात चाट पैसा पनि आउँछ गुन्द्री बुन,

कुचो बाट पैसा पनि आउँछ सित्तैमा मेरो कुरा

काट्दै हिड्नु भन्दा सैलुन खोल,

कपाल काट पैसा पनि आउँछ ।

सन्तोष परिपक्क मुक्तककार थिए । चाहे प्रेमिल मुक्तकहरु हुन् वा सामाजिक तथा राजनीतिक घोचपेचका मुक्तकहरु सबै उत्तिकै दमदार थिए उनका । मुक्तक मञ्च नेपालको दोस्रो वार्षिकोत्सवमा यो कार्यक्रमको आयोजना भएको थियो । कुनै बेला टिकापुर गजलको राजधानीका नाममा परिचित थियो भने पछिल्लो समय मुक्तकका लागि राम्रो काम गर्दै थियो । मुक्तक कृति प्रकाशनदेखि पुरस्कार र सम्मान स्थापना गर्ने कार्यमा जुटेको थियो मुक्तक मञ्च नेपाल टिकापुर । दश लाख रासीको अक्षय कोष खडा गरी उचित पुरस्कारको घोषणा गरेको यो मञ्चले रकम जम्मा गर्ने कार्यमा पनि तिब्रता दिएको थियो ।

तेस्रो वाचकका रुपमा पोखराका कृष्ण देवकोटा मञ्चमा उभिए । स्याङ्जा पोखराको हावापानी नै कडक । हरेक कुरामा अर्गानिक छ जस्तो लाग्छ यो क्षेत्र । चलाख मानिसहरु देखेमा ‘स्याङ्जाली हो कि झापाली ?’ भन्ने चलन त अभैm पनि यथावत नै छ । उनी किन कम हुन्थे । सलक्क परेको शरीर, गोरो अनुहार, पाल्पाली ढाका टोपीका साथमा मञ्चमा पुगेका उनले चारैतिर नजर पु¥याए र मुसुक्क हासें । मुक्तक भन्न नपाउँदै ताली बज्न सुरु भयो तररररर….।

पोखराबाट टिकापुर आएको
कर लाग्छ कि लाग्दैन ? यसरी जम्मा भएर मुस्कुराएको
कर लागछ कि लाग्दैन ? यो माइक समाउनु भन्दा अगाडि
सोध्दै छु महोदय दश ओटा मुक्तक सुनाएको
कर लाग्छ कि लाग्दैन ?

समसामयिक मुक्तकहरु लेख्न खप्पिस रहेछन् उनी । सामाजिक विकृति तथा विसंगतिप्रति लेखिएका उनका मुक्तकहरु प्रशंसा गर्न लायक थिए । पूर्वाञ्चलबाट सुरु भएको मुक्तक वाचनको सिलसिला सुदुरपश्चिममा पुनेको थियो । डिल्ली राज ओझा सर्मपणले सुदुरपश्चिमको प्रतिनिधित्व गरिरहेका थिए । कार्यक्रम सुदुरपश्चिममा नै थियो । बोलीचाली, भाषा सस्कृति र सम्पर्कका हिसावले डिल्लीराजले आपूmलाई सहज बनाइरहेका थिए । पश्चिमी लवज नै उनका दर्शक तताउन काफि थियो नै त्यसमाथि चोटीला
मुक्तकहरुले गर्दा उनले दर्शकहरुबाट राम्रै माया पाए ।  दर्शकहरुलाई कोहीभन्दा कोही कम लागिरहेका थिएन । दोस्रो चरण र तेस्रो चरण गरी पाँच पाँच ओटाका दरले
साठी मुक्तकहरु वाचन भइसकेका थिए । दर्शकहरुको अझै धित मरिसकेको थिएन ।

थप एकएक मुक्तक वाचन नगरी सुखै पाएनन् मुक्तककारहरुले । कार्यक्रम समयमा नै सकियो । हामी कर्णाली चिसापानी हुँदै आउने सल्लाहमा थियौं । हामी सङ्सङ्गै टिकापुर पुगेका एलिषा र सुमनको जोडी कार्यक्रमको अन्तिम चरणमा आफन्तलाई भेट्न भनी निस्किएका थिए तर आइसकेका थिएनन् । अब भने हामी दोधारमा भयौं । बर्षाैं समयको अभाव, छोडौं सङ्गै आएको टोली । के गर्ने गर्ने भयो । कार्यक्रमबाट बिदा मागिसकेकोले त्यहाँ बसिरहनु पनि उपयुक्त लागेन । बिक्रम शिशिरले फोन लगाइरहनु भएको भियो । दश पन्ध्र मिनेट लाग्ने भन्ने खबर आएपछि भने ‘बिस्तारै अगाडि बढौं’ भन्ने प्रस्ताव बद्री ढकालको रहे । ‘म लिएर आउँछु , हजुरहरु बिस्तारै हिड्दै राख्नु’ भन्ने बिक्रम शिशिरको भनाइ पनि उपयुक्त नै लाग्यो ।

बाटो खराब रहेछ । लम्कीसम्म आएपुग्न पनि हामीलाई ठूलै पहाड छिचोलेर आए जस्तो भयो । तीसभन्दा एक्तीसको स्पीड बाइकहरुले कुनै पनि बेला लिएनन् जस्तो लाग्छ । धुलोले आँखिभै पूरै फुलेका जस्ता देखिएका थिए । कपडाको त झन् कुरा गरी साध्य नै थिएन । कुनै बेला यो बाटोको महत्व छुट्टै थियो । राजसंस्थाको अन्त्य सङ्सङ्गै यी बस्तीहरुको जवानी घटिरहेको जस्तो देखिन्थ्यो । कुनै बेला राजसंस्थाको सिकार गर्ने र आरम गर्ने स्थलका रुपमा परिचित थियो टिकापुर । विकासले तिब्रगति लिन खोजिरहेको समयमा राजसंस्था पनि गयो र सङ्सङ्गै यी बस्तीहरुको जवानी पनि ।

लामो समयसम्म अभिभावक विहिन जस्तो भयो लम्की टिकापुरको बीचको बाटो पनि । पछिल्लो समयमा मर्मतका लागि फालिएका कलवोर्ट र खनिएका नालीहरु पनि हाँसेर बसेका थिए । टिकापुरबाट संसदमा प्रतिनिधित्व गर्ने रेसम थारु टिकापुर काण्डको अभियोगमा जेल जीवन बिताइरहेका थिए । सांसद नै जेलमा बस्न बाध्य हुनु पनि विकासले गति लिन नसक्नुको एक कारण हुन सक्थ्यो । लम्की नपुग्दासम्म बीच बाटोमा रोकिन पटक्कै मन लागेन । धुलोले कतै रुङ्ने जस्तो ठाउँ पनि थिएन । बेतालमा दौडिएका जीप र माइक्रोले आँखै बन्ध हुनेगरी धुलो उडाएका थिए । लम्की पुगेपछि रोकौंला भन्ने सल्लाह गरी हामी मन्द गतिमा अगाडि बढिरह्यौं ।लम्कीमा बिसाउन खोज्नुको पछाडि कारण पनि थियो । अमर ओली मेरा पुराना साथी थिए । भेट नभएको पनि लामो समय भएसकेको थियो । लम्की पुग्ने बित्तिकै फोन लगाएँ । तर दुर्भाग्य नै भन्नु पर्छ अमरजी सङ्ग भेट हुन सकेन । काम विशेषले लम्की बाहिर जानु भएको  रहेछ । बिक्रमजीहरुको टोलीलाई  कुर्नु त थियो नै । केही बेर पर्खियौं । मान्छे कुर्नु जति गाहे त अरु के नै गर्न हुन्छ होला र ? चियाको अफर गरें । बद्री ढकाल चियाका बिरोधी । हजुर खानु न भनेको भए म एक्लै भए पनि चिया पिएन बस्थें नै तर उहाँले फलफुल खाऔं भन्नु भयो ‘ल त ठिकै छ’ भन्नुको बिकल्प देखिएन । फलफुल पसलमा  एक अधवैंसे बसेकी थिइन् । प्रति किलो १०० रुपियाँ रहेछ । खासै महङ्गो  लागेन । दुई के जी लियौं । सायद उनी जिस्किने मुडमा थिइन् । ‘के मा  हाल्दिम् ?’ पोलिथिन् खोजे जस्तै गर्दै फेरि भनिन् ‘के मा हाल्दिम् ?’ ‘खै त !’ हामीले सहज
उत्तर दियौं । उनी मुस्कुराइन्

‘कुरियर गरेर गाडीमा प
ठाइ दिउलाँ हुनछ नि ?’
दुई केनी स्याउ कुरियर
गरेर पठायने कुराले हाँसो उठ्यो ।
‘पैसा पनि त सामान बुझेपछि
दिने त होला नि ?’ मैले जिज्ञासा राखें ।
‘बैंकमा हाल्दिनी त होला नि ।’ बद्री सरले भन्नु भयो ।

‘हजुरहरुलाई जताजता मान लाग्छ उतै उतै हाल्नु ।’ उनी खितितितिति खित्का छाडेर बत्तिस दन्त देखाएरै  हाँसिन् । लाग्थ्यो उनी अझै जिस्किने मुडमा छिन् । यिनी हामी सङ्ग मात्रै हो कि अरुसङ्ग पनि यस्तै गर्थिन् ? हामी उनका नयाँ ग्राहक हैं भन्ने कुरा उनले बुझिसकेकी थिइन् । सायद यौनकी प्यासी थिइन् उनी । श्रिमान बिदेश पो थिए कि ? जागिरको सिलसिलामा घर बाहिर पो थिए कि ? हैन दोहोरो धन्दावाली पो थिइन् कि ? एकै चोटी दर्जनौं प्रश्नहरु एक पछि अर्को गर्दै मनमा खेल्न थाले । म पनि यही समाजको उपज न हुँ । यिनै कुरा पुरुषले बोलेको भए सामन्य मान्थ्यौं होला । महिलाले बोल्दा दर्जनौं प्रश्नहरु मनमा खेलाउनु पर्ने ? सिरदेखि पाउसम्म हेरें । तीस पैतिसकी उनी कालीकाली हिस्सी परेकी थिइन् । उनका सबैभन्दा मिलेका दाँत थिए र सबैभन्दा सुन्दर कपाल थियो । मन लोभाउन यिनै दुई गुणहरु नै काफी थिए ।

झन् कोमल मन भएका र परत्री गमनमा पल्केकाहरुलाई यतिका हिन्स पाए पछि त के नै चाहियो र ? कहिलेकाही कोही कोही महिलाहरु आवश्यकताभन्दा बढी मजाक गरिदिन्छन् पछि त्यही मजाक बलत्कारका घटना घट्ने र घरवार बिग्रिने कारण बन्न पुग्छन् । ‘ ल ल ठिक छ तपाइँले भन्नु मात्रै, जहाँ भन्नुहुन्छ त्यही हाल्दिन्छौं ।’ बद्रीसरले स्याउको पोको समातेर यति मात्रै के भन्नु भएको थियो यस पटक भनें उनी भुतुक्कै भइन् । बद्री सरको कुरा जुन बैंकमा भन्नु हुन्छ उतै हाल्दिउला भनेको पनि हुन सक्थ्यो तर सनले त्यतातिर सोचिनन् भन्ने बुझ्न हामीलाइै निमेषभर नै लागेन । हामी हाँस्दै निस्कियौं । धन्न फलफुल पसलमा अरु कोही थिएनन् नत्र त लाजै बनाउने रैछिन् नि । दिन ओरालो लागिसकेका थिए । ‘बर्दिया राष्ट्रिय निकुञ्जको बाटो नजादा राम्रो’ भनेर साथीहरुले सुझाएका थिए । हामीले मतलवै नगरी त्यही बाटो रोजेका थियौं ।

साँझको समय बाघको डर भने थियो नै । समूहमा छौं गइहाल्छौं भन्ने लागेर नै यो बाटो रोजेका थियौं । करिब आधा घण्टा बिक्रम सरहरुलाई पर्खियौं । फोन लगायौं । उहाँहरु टिकापुर बनाना रेष्टुरेन्टतिर छिर्नु भएछ । टिकापुर बनाना रेष्टुरेन्ट केराका हरेक परिकारका लागि देशभरि प्रख्यात थियो । हामीले पनि सम्झेका त थियौं तर समयाभावको कारण देखाइ बाटो काटेर हिड्यौं । ‘हामी पन्ध्र बीस मिनेटमा आइपुग्छौं, हजुरहरु बिस्तारै अगाडि बढ्नु ।’ बिक्रम सरको आग्रह आयो । अमर ओलीसङ्ग भेट भएको भए सायद हामी लम्की मै रहन्थ्यौं होला । लम्कीमा बस्नुको कुनै अर्थ देखिएन । ‘अब जाऊँ चिसापानी पुलमा बसौंला’ बद्री सरको कुरा चित्त बुझ्यो । चिसापनी पुल र त्यहाँको वातावरण्ीय सुन्दरता जति पटक हेरे पनि नअघाइने खालको लाग्छ मलाई ।

केही बेर रमायौं पुलमा । बिक्रम सरहरु आइपुग्नु भएको थिएन । टिकापुरमा साथीहरुले ‘निकञ्जको बाटो नजानु’ भनेको सम्झिरहेको थिएँ । सूर्यको प्रकाश मधुरो हुदै थियो । धेरै ढिलो गर्नु साँच्चिकै उपयुक्त थिएन । चिसापानीदेखि अम्रेनीसम्म र सैनीवारदेखि रम्मापुरसम्मको निकुञ्जको बाटो उज्यालोमा नै पार गर्नु श्रयकर नै थियो । मन आत्तिदै थियो । फेरि फोन लगायौं । उहाँहरु लक्कीसम्म पनि आइपुग्नु भएको रहेन छ । ‘हामी आउँदै गछौं, हजुरहरु हिड्दै गर्नु ’ भन्ने उत्तर पाएपछि हामी अगाडि बढ्यौं ।

निकुञ्जमा कडा नियम बनाएका रहेछ । तीन चार गाडीहरुलाई सङगै पठाउने व्यवस्था रहेछ । न त छिटो जान पाइने न त ढिलो नै । सुरक्षाको लागि बनाएको रे यो नियम । हामी भुरीगाउँ पुग्दा घाम डुबिसकेका थिए । बीचमा अभैm निकुञ्ज पथ्र्यो । सैनावारदेखि रम्मापुरसम्मको निकुञ्ज पनि बाघ, भालु, हात्ती र गैडाका लागि सुरक्षित थिएन । बबई पुल नजिकै बाइकमा सवार एक जना यात्रीलाई बाघले आक्रमण गरेर मृत्यु भएको घटना धेरै पुरानो भएको थिएन । भुरिगाउँ धेरै बेर रोकिनु उपयुक्त थिएन । फेरि फोन लगायौं । फेरि उही उत्तर ‘हामी आउँदै गछौं, हजुरहरु हिड्दै गर्नु’ । के गर्नु गर्नु भयो । बिक्रम शिशिरसँग अन्य साथीहरु पनि भएकोले हामीलाई अगाडि बढ्नुमा नै श्रयकर लाग्यो । रातको ८ः३० सम्म घर पुग्ने सूचना गरेका थियौं । हामी घर पुग्दा सुमित्रा मेम चिया उमालेर बसिरहेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार