कस्तो अचम्मको रोग आएको छ । जस्को उपचार मात्र मानव मानव बिचको दुरि रहेको छ । ‘कोरोना’ हो अहिले सारा विश्व नै कोरोना भाइरसबाट ग्रसित छ । यस्तो कुनै पनि देश छैन होला जो देश यो भाइरसबाट मुक्त हुन चाहदैन । कतिले आफ्ना पिृयजन अनी आफ्नो परिवारजन गुमाउनु प¥यो । कसलाई रहर थियो होला र यहाँ एक्र्लै बाच्ने तर पनि ति एक्लै छन । धन्यबाद छ कोरोना तिमीलाई तिमीले गर्दा यहाँ मान्छेले आफ्नो महत्व बुझेका छन् ।
धन सम्पति पैसा यी सबै कुरा भन्दा प्यारो अहिले मान्छेलाई आफ्नो स्वास्थ्य भएको छ । त्यो पनि तिमीले गर्दा । मैले धेरै यस्ता समाचार सुने र पढे पनि नेपालमा मुस्लिमले गर्दा कोरोना आएको हो । मलाइ लाग्छ पहिला त तबलिग जमाति भनेको के हो बुझ्नु जरुरि छ । तबलिग जमाति भनेको धर्म प्रचार प्रसार गर्ने ब्यक्ति नभएर जमाति भनेका ति हुन् जस्ले मुस्लिम बस्तिमा गएर नमाज नपढ्ने अल्लाहले देखाएको बाटोमा नहिड्नेहरुलाई सहि बाटोमा हिड्न अनी नमाज पढ्न प्रेरित गर्छन् । तिनीहरुलाई तबलिग जमाति भनिन्छ । भगवान त सबैको एउटौ हो, बस हामीले पुज्ने तरिका मात्र फरक हो ।
त्यसैले यो कठिन घडिमा हामी एक आपसमा लड्नुभन्दा पनि मिलेर सहकार्य गरि यो भाइरससँग लड्नु पर्छ जस्तो लाग्छ । भिन्न जातजाति, भाषाभाषि, धर्मसस्कृति र परम्परा भएको साझा फुलबारी भनेको नेपाल आज हामी आफैले टुक्रा टुक्रा गर्न खोज्दैछौ धार्मिक बिवाद निम्ताएर भाई, भाई बिच दन्द सृजना गरेर, मुस्लीमले नेपालमा कोरोना ल्यायो भनेर के मुस्लीमलाई बाच्ने रहर छैन । होला र उनीहरुको पनि त आफ्नो परिवार होला सबै जना आफ्नो परिवारसँग दुई पल खुसिको विताउन चाहन्छन होला नि ? जात, भात र धर्मलाई एकातिर थाति राखि मानवताको सम्बन्ध मात्र सम्झीउन हुदैन ! आखिर मरी लानु के नै छ ।
खाली हात आएको जानु पनि त खाली हात नै छ । त्यही भएर एक र्अकालाई दोष नदिम र दिनु पनि हुदैन धर्म प्रथा अनी परम्परालाई यो भाईरससँग नजोडम । मुखले त हामी विश्व जित्न सक्छौ । अनी ठुला ठुला आर्दशका कुरा गर्न सक्र्छाै तर व्यवहारमा शुन्य छौ । नेपालमा त यस्तो भनिदैछ लाग्छ कोरोना भाइरस चाइनाबाट नआएर मुस्लिमले आफै बनाएको जस्तो कुरा गर्दैछौ ।
हामी यदि त्यसो हो भने चिनमा कृशियनहरुले मुस्लिम धर्म अपनाउने थिएनन होला नी ? बाच्न त उनीहरु पनि चाहन्छन् होला नी हैन ? अनी यो मिडियाहरुले पनि सत्य तथ्य कुराको खोजि नगरी अरुले भनेको आधारमा त्यतिकै समाचार प्रसारण गर्नु राम्रो हो जस्तो मलाई लाग्दैन । मिडिया भनेको हामी सबैको विश्वास हो, भरोसा हो, यसरी मिडियाले नै गलत समाचार प्रसारण गर्न थाले नतिजा के हुन्छ ? प्यारा मिडियाकर्मीहरु तपाईहरु भनेको त देशको तेस्रो आँखा होइन । अरुले लेखेको समाचार कपि गर्नु सट्टा घटना स्थलमा आफै पुग्नुहोस् । वास्तविकताको खोजि गर्ने कोसिस गर्नुहोस् । अनी मात्र समाचार प्रसारण गर्नुहोस । हुन त हाम्रो सानै देखिको बानि यति सजिलौ कहाँ जान्छ र राम्रो कुरा भन्दा पहिले नराम्रो कुरा देख्छौ । त्यसैले सकरात्मक पक्षमा ध्यान दिन आवश्यक छ ।
समाज बिगार्ने पनि हामी आफै हो । अनी सुधार्ने पनि हामी आफै हो । अहिले आएर त्यो जिउँदाको जन्ती अनी मर्दाको मलामी भन्ने यो भनाई गलत साबित भएको जस्तो लाग्छ । यहाँ निर समस्या आउदा सबै मिलिजुलि सामना गर्नु त कहाँ हो कहाँ हामीलाई तिम्रो गल्ती मेरो गल्ती तिमीले यसो ग¥यौ उसो ग¥यौ भन्दै ठिक्क छ । आखिर हामी नेपाली हो नी त अरुको गल्ति पहिला देख्छौ । धर्म, धर्म बिच द्धन्द्ध बढाएर देशमा अशान्ति सृजना गर्नुभन्दा अहिलेको अवस्थालाई मध्यनजर गर्दै तेरो मेरो नभनेर सबै धर्म सम्प्रदाय मिलि यो अवस्ताको सामना गर्नु नै बुद्धिमानि हो जस्तो मलाई लाग्छ । यस्तो कठिन घडिमा आउनुहोस् हजुर हामी मिलेर एउटा उदाहरणीय काम गरम हाम्रो सकिएको मानबताको सम्बन्ध पुन कायम गरेर ।









प्रतिक्रिया दिनुहोस्