कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ६ घाइते



कोहलपुर :
बाँकेको कोहलपुर १२ को रोणेणी खोला नजिकै सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट सुत्केरी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुदाँ तीन दिनको बच्चा, सुत्केरी सहित मालिक र डाइभर लगायत सुत्केरीका आफन्त घाइते भएका हुन् ।

प्रहरीका अनुसार उनीहरको अवस्था सामान्य छ । ६ जनाको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । विस्तृत जानकारी आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार