एसपी बास्तोलालाई बाँसगढि युवा सरोकार समितिको सम्मानपत्र



मधुर पौडेल । बाँसगढी

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलालाई बाँसगढी युवा सरोकार समितिले बिदाई गरेको छ । समितिले उनलाई बिदाईका साथै सम्मानपत्र समेत प्रदान गरेको थियो ।

बाँसगढी युवा सरोकार समितिले बिहीबार एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक बास्तोलालाई बिदाईका साथै सम्मान पत्र समेत प्रदान गरेको हो ।

बर्दिया प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै नागरिकहरुको शान्ति सुरक्षा एवम् विभिन्न गम्भीर खालका सांगठनिक अपराध न्युनिकरण भुमिका खेलेको भन्दै सम्मानपत्र प्रदान गरिएको बाँसगढी युवा सरोकार समितिका संयोजक रेशम अधिकारीले जानकारी दिए ।

समितिको तर्फबाट प्रहरी उपरीक्षक बास्तोलालाई सम्मानपत्र संयोजक अधिकारी, महासचिव सन्तोष बास्तोला र सदस्य दान बहादुर बुढाले प्रदान गरेका थिए ।

बिदाई समारोहमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक बास्तोलाले बर्दियालीबासीले दिएको माया तथा साथ सहयोगको आफु सधै ऋणी रहेको बताए ।

उनीले केही दिनअघि मात्र बरिष्ठ प्रहरी उपरीक्षकमा सरुवा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १८ गते बिहीबार