मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७
बर्दिया ।
बर्दियाको गेरुवा गाउँपालिका ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको निधन भएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीका अनुसार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको हो ।
‘बुधबार बिहान एक्कासी बिरामी परेपछि चौधरीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पु¥याइएको थियो’ उनले भने, ‘अस्पताल पु¥याउने बित्तिकै डाक्टरहरुले मृत घोषणा गर्नुभयो ।’
उनले असामायिक निधनले गेरुवा गाउँपालिका स्तब्ध बनेको छ । उच्च रक्तचापबाट पीडित ४४ वर्षीय चौधरी तत्कालीन नेकपा (माओवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्षको शव बुधबार नै गेरुवास्थित घर पु¥याइएको थियो । वडाध्यक्ष चौधरीको आज बिहीबार धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।