7 September 2024  |   शनिबार, भदौ २२, २०८१

६६३ जनाको कोरोना रिपोर्ट नगेटिभ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७  

कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षणका लागि बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालनमा ल्याईएको पीसीआर प्रयोगशालामा र आरडीटी प्रविधिबाट हालसम्म ६६९ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म कोरोना परीक्षणका लागि नमूना लिईएका ६६९ जना मध्ये ६६३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बताएको छ । ६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

‘हालसम्म परीक्षण गरिएका सबै नमुनाहरुको रिपोर्ट कोरोना नेगेटिभ आएको छ’ उनले भने । हालसम्म बाँकेमा गरिएका परीक्षणहरु मध्ये ५४३ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने १२६ जनाको पीसीआरबाट परीक्षण गरिएकोमा १२० जनाको रिपोर्ट कोरोना नगेटिभ आएको थियो । पीसीआर प्रविधिबाट ६ वटा नमूनाको परीक्षण भैरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सोमबार साँझसम्म बाँकेका विभिन्न स्थानीय तहहरुमा रहेका क्वारेन्टाइनमा ७८७ जनालाई राखिएकोमा समयअवधि पूरा भएर परीक्षण समेत गराएर ५५० जनालाई घर पठाइसकिएको छ । अहिले विभिन्न क्वारेन्टाइनमा २३४ जना रहेको फोकल पर्सन श्रेष्ठले बताए । उनीहरुको समेत १४ दिन पुगेपछि आरडीटी प्रविधि मार्फत कोरोना परीक्षण गरिनेछ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७     8:13:19 AM  |