18 September 2024  |   बुधबार, अशोज २, २०८१

‘सृष्टि’लाई बचाउन परिवारलाई सास्ती, ‘समूहबाट ऋण, सस्तो मूल्यमा बंगुर बिक्रि’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर

कोहलपुर नगरपालिका – ५ रझेनाकी १६ वर्षीय किशोरी सृष्टि चौधरी २०७६ चैत्र २० गते महिनावारी भइन् । २–३ दिन सम्म अलिअलि पेट दुख्थ्यो । महिनावारी भएको चौथो दिनपछि अत्यधिक रक्तश्राम हुन थाल्यो । लगातार रगत बग्न थालेपछि आत्तिदै परिवारले गाउँ नजिकैको हिमाल मेडिकलमा लिए । त्यहाँ दिन ३ दिन भर्ना गरियो । तर उल्लेख्य मात्रामा सुधार हुन सकेन ।

मेडिकलबाट थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरियो । यो अवधिमा उच्च रक्तश्राप ‐धेरै रगत बगेका कारण) उनको अवस्था निकै जटिल बनिसकेको थियो । मेडिकलमा पु¥याइएपछि डाक्टरहरुले सृष्टिको शरिरमा सेता तथा राता रक्त कोषिका अभाव ‐रगतको मात्रा एकदमै न्युन) भएको ठूलो मात्रमा रगत चाहिने बताए । एकतिर लामो समयको लकडाउन र अर्कातिर उनको उपचारको रगत जोहो गर्नु पर्ने बाध्यता चौधरी परिवारमा थुपरियो ।

नयाँ वर्ष २०७७ का दिन सृष्टिको परिवारलाई रगतको लागि दाता खोज्न मै बित्यो । कोरोना भाइरसका सरकारले गरेको लकडाउनका कारण मेडिकल कलेजमा रगत अभाव थियो । ‘ओ पोजेटिभ’ ब्लड ग्रुप भएका व्यक्ति खोज्दै उनीहरु कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी कहाँ पुगे । उनले सम्बन्धित निकाय र रक्तदाता खोज्ने आस्वासन दिइन् । त्यसपछि सृष्टिलाई चाहिने रगत दिने व्यक्ति तयार
भए । अहिले सम्म उप– प्रमुख चौधरी सहित अन्य केही व्यक्तिले रक्तदान गरिसकेछन् ।

एक साता देखि उनी शिक्षण अस्पतालमा उपचाररत छिन् । डाक्टरहरुका अनुसार अहिले सम्म ८ पाकेट सेतो र ४ पाकेट रातो रगत चढाइएको छ । उनलाई एकदिन न्युनतम चार पाकेट रगत चढाउनु पर्छ । पारिवारिक स्रोतले जनाएअनुसार शनिबार मात्रै चार पाकेट रगत चढाइएको छ ।उता सृष्टिका दाई घनश्याम थारु घरको आर्थिक अवस्था नाजुक भएका कारण र दैनिक ठूलो मात्रामा रगत शरिरमा चढाउनु पर्ने भएका कारण उपचारमा निकै समस्या भइरहेको बताउँछन् । उनका अनुसार कोरोना भाइरसको लकडाउनका रगतको समस्या भइरहेको र थप उपचारको लागि रकम अभावका कारण झन समस्या थपिएको छ ।

थारुले अहिले सम्म करिब ५० हजार रुपैयाँ सृष्टिको उपचारमा खर्च भएको बताए । मेडिकलमा मात्रै बहिनीको उपचारको लागि १५ हजार रुपैयाँ खर्च भएको र तर निको नभएको उनको भनाई छ ।‘बहिनीको उपचारको लागि गाउँमा रहेको समूहबाट १० ऋण निकालेको थिए, ६ हजारमा घरमा भएको बंगुर पनि बेचे । अलिअलि भएको रुपैयाँ सकियो । अब के गर्ने सोच्नै सकेको छैन ।’ बहिनीको ज्यान बचाइदिन आग्रह गर्दै उनी भन्छन् । सामान्य किसान परिवारकी सृष्टि घर कान्छि धोरी हुन् । उनका बुवा अटवारी थारु पनि छोरीलाई बचाइदिन सम्पूर्ण सहयोगी मनहरुलाई अपिल गरेका छन् ।

‘पहिलाको भन्दा केही सुधार भएको छ । अलिअलि भएको रुपैयाँ सकियो । अझै कति दिन राख्नु पर्ने हो थाहा छैन । मेरी छोरीको ज्यान बचाइदिनु होला ।’ उनले भने । अब भने थप उपचारको लागि उनको परिवारलाई रुपैयाँ कै खाँचो छ । उनको शरिरमा सेता रक्त कोषिका र राता रक्त कोषिकाको अभाव पूर्ति गर्नको लागि रगत नै आवश्यक हुन्छ । आर्थिक अभावका साथै रगत अभावका कारण समस्यामा परेकी सृष्टिको उपचारको लागि अगुवाई गरेकी कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीका अनुसार नगरपालिकाले उनको उपचारको लागि ८ हजार रुपैयाँ सहयोग गरेको छ । थारुले अन्य व्यक्ति तथा सस्थाहरुलाई पनि साहयोगको लागि आह्वान गरिएको  बताइन् । यता मिसन टुडे दैनिकमा कार्यरत पत्रकार शुभाकर विश्वकर्माले उनको उपचारको लागि २ हजार रुपैयाँ सहयोग गरेका हजार सहयोग गरेका छन् । परिवारले समेत उनको उपचारमा सहयोग गरिदिन सम्पूर्णमा आह्वान गरेको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७     9:03:27 AM  |