14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

काठमाडौ‌ं :

स्वास्थ्य सेवा विभागले खरिद गरेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री विवादमा परेपछि सरकारले सम्झौता रद्ध गरेको छ। चीनबाट स्वास्थ्य सामाग्री ल्याउने ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको गरिएको हो।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान दोस्रो खेप ल्याउन नसक्ने भएपछि सम्झौता रद्ध गरेको बताए।

योसँगै विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     7:10:41 PM  |