सुदिप अधिकारी ।
कोरोना भाइरसको संत्रासका कारण मुलुक यतीखेर लकडाउनमा छ । कोरोनाको जोखिमाबाट जोगिन सबै नागरिक घर भित्र सेल्फ वारेनटाइनमा छन् । जनतालाई सजग गराउँदै सुरक्षा निकाय भने यतीखेर सडकमा छ ।
सुरक्षा निकायका काम र लगनलाई देखेर ठाकुरबाबाका युवा मनकारी हात अघि बढाएका छन् । सुरक्षा निकायलाई काम गर्न सहज होस् भनेर यहाँका युवाले आइतबार उनीहरुलाई पानी र चाउचाउ बाँडेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध युवाहरुले इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरीलाई चाउचाउ र पानी प्रदान गरेका हुन् । दिनभर सडकमा खटिने प्रहरीलाई ड्युटी गर्न सहज होस् भन्ने मनसायले पानी र चाउचाउको व्यवस्था गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक महेन्द्र पंगेनीले बताए ।
उनले भने, ‘ कोरोना भाइरसको त्रासका कारण हामी सबै घर भित्र छौ । तर सुरक्षा निकाय भने आम नागरिकलाई सजगता अपनाउन आग्रह गर्दै दिनरात सडकमा छन् । उनीहरुलाई काममा सहज होस भनेर सहयोग गरेका हौ ।’
प्रहरीको मनोवल उच्च बनाउन युवाहरुको सहयोग निकै उपयोगी भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बसन्त पाण्डे बताए । युवाहरुले गरेको सहयोगलाई स्थानियबासी पनि प्रशंसा गरेका छन् ।
यस्तो असहज परिस्थितीमा पनि जनताको सुरक्षाका लागि सडकमा खटिने सुरक्षा निकायलाई सहयोग गरेर युवाहरुले अत्यन्तै राम्रो काम गरेको स्थानिय अनिलकुमार पौडेलले बताए । अनेरास्ववियुले सुरक्षा निकायलाई सहयोग गर्ने अभियान जिल्लाभर संचालन गर्ने अनेरास्ववियुका जिल्ला संयोजम पंगेनीले बताए ।
संयोजक पंगेनीले यो संकटको बेलामा गरिव र श्रमजिवी वर्गको घरमा खानेकुराको समस्या भए खबर गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । यसअघि अनेरास्ववियुले कोरोना भाइरसबाट सजगता अपनाउन आग्रह गर्दै जिल्ला भर सचेतना अभियान संचालन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्