कोरोना भाइरसः जमुनाहा नाकामा खटिएका एक प्रहरीलाई क्वारेन्टाईनमा राखियो



नेपालगञ्ज ।
बाँकेको नेपाल–भारत सीमानाका जमुनाहमा खटिएका एक प्रहरीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएकोछ । कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई यतिबेला क्वारेन्टाईनमा राखिएकोछ ।

बाँके प्रहरीका अनुसार अहिले ती प्रहरीलाई धम्बोझी स्थित सामर्थ ईन होटलमा बनाइएको अस्थायी क्वारेन्टाईनमा राखिएकोछ । यद्यपी उनको परिचय खुलाइएको छैन ।

नेपाल–भारत सीमा जमुनाहामा कार्यरत उनी डिउटीका बेला नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको निगरानी, चेकजाँचमा सक्रिय थिए ।

सोही क्रममा उनमा अस्वभाविकरुपमा ज्वरो आएपछि कोरोना भाइरसको आशंकामा क्वारेन्टाईनमा राखिएको स्रोतले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार