नेपालगञ्ज/ कोरोना भाइरसको संक्रमित लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार (आज) मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो ।
विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए । विमानमा सवारलाई केही नभए पनि विमानमा भने क्षती पुगेको छ ।
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्