– सीता पौडेल
आत्मियता मरेको,
मानवता छ टरेको,
आधुनिक परिवेशको ।
अध्यारो कालो रात
बिहानीको पर्खाइमा
मनभरि आशाको दियो ।
कसिएन सम्बन्ध
बिक्दछ सब पैसामा
शक्ति जसको जित उसैको ।
आभाष छ नजिकै
भेटन नसके पनि
वरिपरि देख्ने यो मन ।
बाँसगढी–५, बर्दिया
प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार










प्रतिक्रिया दिनुहोस्