21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँके निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६  

कोहलपुर/  बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना तस्कर भररुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।पक्राउ पर्नेमा दाङको दङ्गीशरण गाउँपालिकाका वडा नं.१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् । उनीहरुको साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाई लगायतका सामाग्री समेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको कोर यरियाभित्र पर्ने बहिबर चौर भन्ने ठाउँबाट पक्राउ गरिएको होे ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोली गस्ती टोलीले निकुञ्जका ठाउँ ठाउँमा राखिएका क्यामेराका सहायताले गसफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । उनीहरु बयानबारे भने केहि खुलाइएको छैन ।

प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६     8:26:01 AM  |