कोहलपुर :
बाँकेको कोहलपुरमा आन्दोलन उग्र बन्दै गएको छ । बुधबार र बिहीबार भएका दुई दुर्घटनामा दुई व्यक्तिले ज्यान गुमाएपछि यहाँको अवस्था निकै जटिल बन्दै गएको हो ।
अहिले कोहलपुरको चौराहादेखि पिपरी चोक सम्म ठाउँ ठाउँमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ ।
पिपरी चोक नजिकै आन्दालेनकारीले गुडिरहेको कारमा तोडफोड गरेका छन् । गोल्छा नजिकै पुनः टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बुधबार टिप्परले ठक्कर दिदाँ कोहलपुर ९ की स्थानयि रामपति थारुको निधन भयो । भने विहिबार विहान माइक्रो बसले ठक्कर दिदाँ बैजनाथ गाउँपालिकाका अटो चालक जय बहादुर रोकाको निधन भएको थियो ।
दुवै जनाका आफन्तले बन्द गराएका हुन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्