प्रधानमन्त्री ओली, प्रचण्ड र बादल कोहलपुर आउँदै



कोहलपुर ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली,, नेकपाका अर्का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगाएतका केन्द्रीय नेताहरु आईतबार बाँकेको कोहलपुरमा आउँदैछन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश समितिको आयोजनामा आईतवार र सोमबार कोहलपुरमा हुने प्रदेश स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा प्रदेश बैठकलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री लगाएतका पार्टीका शिर्षस्थ नेताहरु कोहलपुर आउन लागेको नेकपा ५ नम्बर प्रदेश कार्यालयका सदस्य भुवनेश्वर ढकालले जानकारी दिए ।

कार्यक्रमको अन्तिम तैयारीका बारेमा जानकारी गराउनका लागि शनिबार कार्यक्रमस्थल प्रस्तावित अन्तर्राष्ट्रिय क्रीकेट मैदान कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले यो जानकारी गराएका हुन ।

ढकालका अनुसार कार्यक्रममा प्रदेश भित्र रहेका पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्य, संघीय साँसद, प्रदेश पार्टीका पदाधिकारी लगाएत सम्पुर्ण सदस्य, प्रदेश सभा सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मन्चका सदस्य, प्रदेश बिभागका सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका अध्यक्ष र सचिव, पालिकामा बिजयी भएका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, जनबर्गिय संगठनका पदाधिकारी सदस्य, जिल्ला संयोजक/सह संयोजक लगाएत गरेर प्रदेशभरीबाट ३ हजार बढीको सहभागिता रहनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा ५ नम्बर प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिब जगप्रसाद शर्मा ‘अपार’, प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, जिल्ला अध्यक्ष आईपी खरेल, सचिब अशोक कोईराला लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ३ गते शनिबार