कोहलपुर ।
बाँकेको कोहलपुरमा सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजनालाई कार्यान्वयन गर्नका लागि कर्मचारीहरुलाई क्षमता विकास तालिम दिइएको छ ।
कोहलपुर नगरपालिका प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारतीले तालिमको उद्घाटन गरेका थिए ।
सुरक्षित बैदेशिक रोजगार (सामी) परियोजनालाई सफल बनाउनका लागि तालिम दिइएको प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिमका संयोजक पञ्चराम चौधरीले बताए । ‘अहिले हामी पहिलो चरणमा छौं’ उनले भने, ‘यसले नेपालीहरुलाई प्रत्यक्ष जोडेको छ ।’
बाँके जिल्लाबाट वैदेशिक रोजगारका लागि जानेको संख्या धेरै भएकोले यहाँपनि परियोजना सञ्चालन गर्न लागिएको उनले बताए । तालिममा ५० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७६ माघ २३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्