क्रिशा शिक्षा पत्रकारिता पुरस्कार घोषणा, फोटो फिचर



कोहलपुर/    कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रिशा) बाँकेले सञ्चार माध्यमहरुलाई सम्मान गरेको छ । आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा यस क्षेत्रका रेडियो तथा पत्रिकाहरुलाई नगद र प्रमाणत्रसहित सम्मान गरेको हो । सञ्चारका माध्यमबाट क्रिशाका हेरक गतिविधि र शिक्षा क्षेत्रमा विशेष योग्दान पु¥याएको कोहलपुर, बैजनाथ र राप्तीसोनारीमा रहेका रेडियो र पत्रपत्रिकाहरुलाई सम्मान गरिएको क्रिशा अध्यक्ष शिव कुमार डाँगीले बताउनु भयो । कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे दैनिक, युगयान दैनिक, पिपलवोट दैनिक र कोहलपुर टाईम्स साप्ताहिकलाई नगद र प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।त्यस्तै राप्तीसोनारीबाट प्रकाशित हुने हाइवे पोष्ट दैनिकलाई समेत सम्मान गरिएको थियो ।

रेडियोतर्फ रेडियो मिसन, कोहलपुर र प्रतिवोध एफएमलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरलाई शिक्षाको हव बनाउने कुरा आफूले अगाडि सार्दा कहि कतैबाट साथ सहयोग नपाएको गुनासो गरे । कोहलपुरलाई शिक्षाको हवका रुपमा अघि बढाउन सल्लाह सुझाव दिनुको साटो त्यसको आलोचना गर्ने काम मात्रै भएको बताए । उनले भने, ‘मैले शिक्षाको हव बनाउछु भन्ने कुरा गरे, त्यसमा उहाँहरुले यसरी जाऊ, यस्तो गर्दा राम्रो हुन्छ भन्नेसट्टा आलोचना मात्रै गर्नुभयो ।’ नगरपालिकाले तयार गरेका ऐन तथा नियमावलीका कुरा गर्दा त्यसमा पनि आलोचना भएको भन्दै राम्रा कुराहरु ल्याए आए संशोधन गर्न सकिने बताए ।

उनले भने, ‘संविधान त संशोधन गर्न सकिन्छ भने नियमावली संशोधन गर्न नसकिने भन्ने कुरै हुँदैन । ऐन संशोधन गर्न एक वर्ष लाग्छ तर नियमावली कुनै राम्रो कुरा आएमा कार्यपालिकाले नै संशोधन गर्न सक्ने हुन्छ ।’ शिक्षा क्षेत्रमा हित हुने कुनै राम्रो कुरा आएमा नियमावली संशोधन गरिने उनको भनाई थियो । यस्तै नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले हरेक विद्यालयले आफ्नो प्रोफाइल बनाउनु पर्ने बताए । विद्यायलको परिचयसंगै अभिलेख राख्न सजिलो हनुे भएकाले हरेक विद्यालयले प्रोफाइल बनाउन आवश्यक रहेको उनको भनाई थियो । साथै उनले विद्यालयमा पठनपाठन गरिने विषयवस्तु र शिक्षणशैलीमा विशेष जोड दिन आग्रह गरे । हरेक विद्यालयले निति नियममा रहेर अघि बढ्नुपर्ने भएकाले क्रिशामा आवद्ध विद्यालयहरुले पनि शिक्षा निती बनाएर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

यस्तै प्याब्सन कोहलपुर नगर कमिटि अध्यक्ष यम रावतले कोहलपुरलाई शिक्षाको हव बनाउन निती नियम बनाउन नगरपालिकालाई आग्रह गरे । संस्थागत विद्यालयहरुले यस क्षेत्रको शैक्षिक विकाससंगै रोजगारमा पनि ठुलो टेवा पु¥याएकोले सबैलाई समेट्ने गरी निती नियम बनाएर लैजानुपर्ने उनको भनाई थियो । कार्यक्रमको समापन शत्रमा बोल्दै क्रिशा अध्यक्ष डाँगीले शैक्षिक निती नियमहरु निर्माण गर्दा नगरपालिकाले कार्यान्वयन पक्षलाई वेवास्था गरेको बताए । नगरपालिकाले शिक्षा निती बनाएर आफूहरुसँगै कुनै छलफल नै नगरेर पास गर्न लागेको भन्दै सुन्नमा आएको भन्दै सबैको सल्लाह सुझावमा पारित गरिए राम्रो हुने उनको भनाई थियो । यसैबिच क्रिशा कोहलपुरले एक

कार्यक्रमका विच ‘क्रिशा शिक्षा पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ ।

१२ औँ स्थापना दिवसको पारेर नगद ११ हजार १ सय राशीको शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सो पुरस्कार राशीको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले घोषणा गरेका थिए । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा क्रियाशिल रहेर शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई उक्त पुरस्कार उपलब्ध गराइने क्रिशाका अध्यक्ष शिव कुमार डाँगीले बताए । यो पुरस्कार १३ औँ स्थापना दिवसदेखि शिक्षा क्षेत्रमा कलम चलाउने कोहलपुर क्षेत्रमा क्रियाशिल एक जना पत्रकारलाई हरेक वर्ष नगद राशीसहित पुरस्कृत गरिने सचिव नवकिरण शाहले जानकारी दिए ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार