कोहलपुर महोत्सव दुई दिन थप



कोहलपुर/   बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव–२०७६ दुई दिन थप गरिएको छ । ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका पौष २४ गतेदेखी नेपाल घरेलु तथा साना उद्योग महासंघ नगरसमिति कोहलपुर र महिला उद्यमी समितको संयुक्त आयोजनामा सञ्चालन भइरहेको महोत्सव दुई दिन थप गरिएको महोत्सव मुल समोरोह समितिका संयोजक हेम विक्रम जिसीले जानकारी दिनुभयो ।

पौष २४ गतेदेखि सञ्चालन भएको महोत्सव माघ ५ गतेसम्म चल्ने भनिएको थियो । दर्शकहरुको मागअनुसार सोमबार र मंगलबार दुई दिन थप गरिएको आयोजकले जनाएको छ । यस्तै आयोजकले महोत्सव दुई दिन थप गर्न जिल्ला प्रशासन कार्यालय बाँके र कोहलपुर नगरपालिकाबाट पनि अनुमति पाएको छ ।

यस्तै महोत्सवको दशौ दिन लोकदोहोरी गायीका शान्तीश्री परियार, बसन्त लम्साल, सन्दिप न्यौपाने र हाँस्य कलाकार फुलन्देकी आमा लगायतले आफ्नो प्रस्तुती दिइरहेको महोत्सव मुल समोरोह समितिका संयोजक जिसीलेजानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ५ गते आइतबार