कोहललपुर ।
कोहललपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणी वलीले आफ्नो जन्मदिनको अवसरमा दुवै मृगौला पिडित टेकलाल केसीलाई आर्थिक सहयोग गरेकी छिन् ।
बिहीबार सामाजिक विकास संयोजक वलीले दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एक राज शर्मालाई ५ हजार एक सय रुपैया रकम हस्तान्तरण गरेकी थिइन् ।
‘अरुको जन्मोत्सवमा अनेकौ खर्चहरु गर्दछन’ उनले भनीन् ‘मैले थोरै रकम भएपनि सहयोग गरेकी छु ।’
अबका पुस्ताहरुले जन्मदिनमा विभिन्न होटल, कटेज, रेष्टुरेण्टमा अनावश्यक खर्चलाई सामजिक कार्यमा लगाउन समेत उनको सुझाव रहेको थियो ।
सहयोग गर्नका लागि ग्लोबल आइ.एम.ई.बैंकको खाता नं. ८३०७०१०००४८४४ मा आर्थिक सहयोग सक्नुहुनेछ । खातावालाको नाम शिशिर कुमार शर्मा, एकराज शर्मा र कमला कार्की खाता नम्बरमा पठाउन सकिने छ ।
प्रकाशित मिति : २०७६ पुस ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्