बाँसगढी ।
बाँसगढीको डेउढाकलामा नगर स्तरिय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग र सहकार्यमा भृकुटी मावि डेउढाकलाको आयोजनामा बिहिबारबाट प्रतियोगिता सुरु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार थारु, सामाजिक विकास समिति बाँसगढीका संयोजक तुल प्रसाद गौतम, शिक्षा युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक रविलाल मिजार लगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
प्रतियोगितामा पहिलो दिन ६ खेल भएका छन् । भृकुटी मावि डेउढाकला र मातृभुमि मावि ककौरा बिच भएको खेलमा भृकुटी मावि डेउढाकलाले जितेको छ । त्यस्तै रामजानकी मावि भैसासुर र जनप्रिया मावि दमौली बिचको खेलमा रामजानकी मावि, पुर्णहिरा मावि लक्ष्मणा र लक्ष्मी मावि चेपांङ्ग बिचको खेलमा लक्ष्मी मावि, त्रिभुवन मावि ककौरा र नेपाल राष्ट्रिय मावि बाँसगढी बिचको खेलमा त्रिभुवन मावि ककौरा र जनता मावि बठुवा र बाँसगढी एकेडेमिक बिच भएको खेलमा बाँसगढी एकेडेमिक स्कुलले जित हासिल गरेका थिए ।
भृकुटी मावि डेउढाकलाका प्रधानाध्यापक भिम प्रसाद रिजालले नेरा मावि लक्ष्मणपुर र लागि गुराँस मावि माछागढ बिच हुने खेलमा लालि गुराँस मावि उपस्थित नभए पछि नेरा मावि लक्ष्मणपुरलाई विजयी घोषणा गरिएको थियो । प्रतियोगितामा १७ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्