६ बुँदे सहमती भएपश्चात सदभाव ¥याली



कोहलपुर ।

बाँकेको कोहलपुरमा ६ बुदे सहमती भएपश्चात सदभाव ¥यालि निकालिएको हो । मंगलबार बिहान ९ बजे देखि हाइस्कुलदेखि चौराहमा पुगी कोण सभामा परिणत भएको
थियो ।

कोणसभामा बोल्दै त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक देवका बस्नेत थापाले सोमबार सर्वपक्षिय बैंठकबाट ६ बुदे निर्णय भएको बताइन् ।

उनका अनुसार बालिकाको औषधि उपचार, पालनपोषण र शिक्षा दिक्षाको सबै व्यहोर्ने भनि निर्णय गरेका बताइन् । यसलाई निर्णयहरुलाई कार्यन्वयन पूर्ण रुपमा लागु हुने उनको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका कार्यवहाक प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुरमा बर्बर घटना प्रति दुखत व्यक्त गरिन् ।

‘घाइतेहरुलाई उपचारको खर्चको लागि कोहपुर नगरपालिकाले २ लाख रुपैया सहयोग गरेका छौं’ उनले भीनन्, ‘अबका दिनका दुर्घटना घटाउनका लागि जनचेतना कार्यक्रम समेत चलाउने छौं ।

’शान्ति र सुशासन कायम गर्नेका लागि सदभाव ¥यालि निकालिएको समेत उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २४ गते मंगलबार