कोहलपुर अपडेट ः अनिश्चितकालिन कर्फ्यु



कोहलपुर :

कोहलपुरमा प्रहरीले कर्फ्यु लगाएको छ । छात्रालाई ट्रकले किचेको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा कर्फ्यु लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले कोहलपुरको शुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु लगाईएको बताए । जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको थियो ।

यसको जानारी दिनको लागि कोहलपुर क्षेत्रमा प्रहरीले माईकिङ गरीरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले एक सय राउण्ड बढि हवाई फायर गरेको छ । प्रहरीले चलाएको गोली लागी २ जना विद्यार्थी गम्भीर घाईते भएका छन यसैबिच यन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख हेम बहादुर शाही सहित १ दर्जन बढि प्रहरी घाईते भएका छन ।

घाईतको सख्या २४ पुगेको छ । दक्षिणमा पिपिरी चौक, उक्तरमा नौवस्ता जाने बाटो ,पुर्वमा चप्परगौडी र पश्चिममा किरणनालामामा कफ्यु लगाईएको हो । प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार