एभरेष्ट कृषि सहकारीको कार्यसमितिमा पुरानै टिम दोहोरियो



कोहलपुर ः एभरेष्ट कृषि सहकारी सस्था लिमिटेडको नयाँ कार्य समितिमा पुरानै टिम दोहोरिएको छ । शनिबार सम्पन्न १२ औँ साधारण सभाबाट पुरानो टिमलाई निरन्ता दिएको हो ।

बन्द सत्रबाट एक जना बाहेक पुरानै समितिलाई नै निरन्तरता पाएका हुन् । पुन कार्य समितिको अध्यक्षमा देव बहादुर खत्री, उपाध्यक्षमा टिकाराम रिजाल, सचिवमा माधव रिजाल र कोषाध्यक्षमा लक्ष्मी सिंह ठकुरी रहेका छन् ।

सदस्यहरुमा मन बहादुर खत्री, भद्र बहादुर बस्नेत कृष्ण बहादुर विके र खिम बहादुर रावत रहेका छन् । पुरानो समितिमा सदस्य रहेकी देउमी सुनार समितिबाट बाहिरीएकी छन् भने नयाँ सदस्यको रुपमा निशा विसीको कार्य समितिमा आगमन भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार