४३ वडामध्ये ३९ को मत परिणाम सार्वजनिक : कुन पार्टीले कहाँ जित्यो ? (सूचीसहित)



कोहलपुर ।

शनिबार भएको उपनिर्वाचन अन्तर्गत स्थानीय तहतर्फ ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा नतिजा उल्टिएको छ । सत्तारुढ नेकपाले बैतडी, दाङ, चितवन, सर्लाही, अर्घाखाँची, पाँचथरका गरी ६ वडा गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै कांग्रेसले यसअघि जितेका बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र पाँचथरमा नेकपा विजयी भएको छ ।

सत्तारुढ नेकपालाई सबैभन्दा ठूलो झड्का चितवनमा लागेको छ । यसअघि एमालेले एक्लैले जितेको चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ मा कांग्रेस विजयी भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४, वडा नम्बर ५ र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा भएको चुनावमा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् ।
दाङको घोराही १६ मा यसअघि नेकपाले जितेकोमा अहिले कांग्रेस विजयी भएको छ । दाङमा भने नेकपाले आफ्नै कार्यकर्ता बागी उठेपछि हार व्यहोर्नुपरेको हो । नेकपाका उम्मेदवार सुरेश केसी कांग्रेसका ताराबहादुर डिसीसँग १०१ मत अन्तरले पराजित भइरहँदा बागी उम्मेदवार उठेका नेकपाकै कार्यकर्ता जुगलाल चौधरीले ७२० मत ल्याएका थिए ।
यसअघि नेकपा विजयी भएको अर्घाखाँचीका मालारानी ३ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपाले जितेको सर्लाही हरिपूर्वा १ मा समाजवादी पार्टी विजयी भएको छ । यसअघि राजपाले जितेको रौतहट गढीमाई २ मा कांग्रेसले जितेको छ ।

यसअघि कांग्रेसले जितेको बाजुराको त्रिवेणी गाउँपालिका १ मा नेकपा विजयी भएको छ ।

यस्तै यसअघि कांग्रेसले जितेको पाँचथरको फिदिम १ मा नेकपा र तत्कालीन एमालेले जितेको हिलिहाङ–७ मा कांग्रेस विजयी भएको छ ।

कसले कहाँ जिते ?

नेकपाले जितेका वडा अध्यक्ष

१. जनक बुढा, थबाङ गाउँपालिका–१, रोल्पा
२. धर्मे बुढाथोकी, कुमाख गाउँपालिका–५, सल्यान
३. कृष्ण बहादुर तामाङ, पुर्नवास नगरपालिका- ३ कञ्चनपुर
४. केदारनाथ आचार्य, इन्द्रावती गाउँपालिका–८, सिन्धुपाल्चोक
५.रामबहादुर बोहरा, आदर्श गाउँपालिका–२, डोटी
६. मनराज बुढा, त्रिवेणी नगरपालिका–१, बाजुरा
७. देवप्रसाद कोइराला, धुलिखेल नगरपालिका–२, काभ्रेपलाञ्चोक
८. गिरीप्रसाद सिञ्जाली, रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी
९. खिमबहादुर थापा खरु मगर, बौदीकाली गाउँपालिका–५ नवलपरासी पूर्व
१०. दिलीपकुमार यादव, कल्याणपुर नगरपालिका–१२ सिरहा
११. जीतेन्द्र राई, पौवादुङमा गाउँपालिका–१, भोजपुर
१२. शैलेन्द्र धानुक, पुर्चौंडी गाउँपालिका–४ बैतडी
१३. भरत घिमिरे, खाँदबारी नगरपालिका–३ सङ्खुवासभा
१४. गजाधर भट्टराई, फिदिम नगरपालिका–१, पाँचथर
१५. ढालेन्द्र शेरचन, बडिगाड गाउँपालिका–२ बागलुङ
१६. नवीन कुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका– २, लमजुङ
१७. रमेश खड्का, मेल्लेख गाँउपालिका–५, अछाम
१८. दिलिप कुमार यादव, कल्याणपुर नगरपालिका–१२, सिरहा
१९. मुक्ति पोख्रेल, प्यूठान नगरपालिका–२, प्यूठान
२०. शिवकला राई, साकेला गाउँपालिका- ३, खोटाङ
२१. कुलबहादुर बस्नेत, उमाकुण्ड गाउँपालिका–५, रामेछाप
२२. शिवभक्त वलामी, दक्षिणकाली नगरपालिका- ३, काठमाडौं

नेपाली कांग्रेसले जितेका वडा

१. गजेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका- १, बैतडी
२. ताराबहादुर डीसी, घोराही उपमहानगरपालिका- १६, दाङ
३. नारायण प्रसाद साह, धनपालथान गाउँपालिका- २, मोरङ
४. शोभाखर खनाल, मालारानी गाउँपालिका– ३ अर्घाखाँची
५. अमृतराज हमाल, भरतपुर महानगरपालिका- १६, चितवन
६. देवबहादुर बस्नेत, खैरहनी नगरपालिका- ४, चितवन
७. प्रतिमा बस्नेत कार्की, खैरहनी नगरपालिका- ५, चितवन
८. दीपेन श्रेष्ठ, गढीमाई नगरपालिका- २ रौतहट
९. तिलविक्रम इधिंगो, हिलिहाङ गाउँपालिका- ७, पाँचथर
१०. सुरेन्द्रप्रसाद भट्ट, दोगडाकेदार- ४, बैतडी
११. बिपिन पंजियार सुडी, बलवा नगरपालिका- २, महोत्तरी

राजपाले जितेका वडाहरु

१. मन्जु मिश्र, शिवराज नगरपालिका १०, कपिलवस्तु
१. रामबाबु नायक, मटिहानी नगरपालिका( ६, महोत्तरी
२. प्रमिलादेवी यादव, छिन्नमस्ता गाउँपालिका–७, सप्तरी

संघीय समाजवादी पार्टीले जितेका वडाहरु

१. श्यामबाबु राय, हरिपूर्वा नगरपालिका १ सर्लाही
२. रुपलालकुमार यादव, सखुवाप्रसौनी गाउँपालिका ५, पर्सा
३. सुरेश चौधरी, बारागढी गाउँपालिका–१, बारा

प्रकाशित मिति : २०७६ मंसिर १५ गते आइतबार