कोहलपुरमा मतगणना सुरु



कोहलपुर ।
बाँकेको कोहलपुरमा मत गणना सुरु भएको छ । शनिबार साझ पाँच बजे सम्म भएको उप निर्वाचनको मतगणना सुरु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि दिनभर मतदान भएको हो ।

कुल २ हजार २६ मतदाता संख्यामा कुल १ हजार ६सय ३४ मत खसेको थियो । कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमामा केहीबेर अघि सुरु भएको जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले बताए ।

उनका अनुसार करिब ३ घण्टामा मतगणना सकिने अनुमान गरिएको छ । निर्वाचनको अन्तिम मत परिणाम पनि मतगणना सकिए लगत्तै आई सक्ने उनको भनाई छ । कोहलपुरमा पाँच वटा दलको निर्वाचनमा सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार