नेपालगञ्जमा बस दुर्घटना हुँदा आठ घाइते



नेपालगञ्ज ।

नेपालगञ्जमा बस दुर्घटना भएको छ । काठमाडौँबाट नेपालगञ्ज आइरहेको ना ६ ख ६२३१ नम्बरको बस गनापुरमा दुर्घटना भएको हो ।

अगाडि रहेको भे ८ प ६९१६ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा ब्रेक हान्दा बस पल्टिएको जिल्ला ट्राफिक कार्यालय, कोहलपुरले जनाएको छ ।

बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि भारतको लखनऊ लगिएको छ ।

घाइतेहरुको विवरण संकलन भइरहेको बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १२ गते बिहीबार