कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सकारात्मक सोच सम्बन्धी तालिम दिन सुरु गरिएको छ । शुक्रबार बातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक)को सहकार्य र बैजनाथ गाउँपालिकाका आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुलाई सकारात्मक सोच सम्बन्धी अनुशिक्षण दिन सुरु गरिएको हो ।
गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई प्रशिक्षक सुदन ज्ञवाली तालिम दिइरहेका छन् । ‘समस्या नभएको कुनै मानिस हुँदैन’ उनले भने, ‘हरेक समस्यालाई सकारात्मक सोचबाट आगाडि बढायौं भने अवश्य सफलता मिल्छ ।’ ‘आफ्नो जे समस्या छ त्यो नै आफ्नो ठुलो कमजोरी हो’ उनले भने ।
आइतबारसम्म चल्ने तालिममा ज्ञवालीले पहिले म को हँु ? मैले के गरीरहेको छु ? अहिलेसम्म गरेका कामको समिक्षा कसरी गर्ने ? जस्ता कुराहरुलाई जनप्रतिनिधि तथा कर्मचारीलाई सिकाउनेछन् । तालिममा कर्मचारी र जनप्रतिनिधीहरु गरेर ५० जनाको सहभागिता रहेको छ ।
शुक्रबार तालिमको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी ‘विश्वकर्मा’, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटा, सुचना अधिकारी तप्त आचार्य लगायतको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्