जुम्ला ।
जिल्ला सदरमुकाम खलंगामा रहेको एक होटलमा भिषण आगलागी भएको छ । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको नेवा किचनमा बिहान १० बजेर ५५ मिनेटमा आगलागी भएको हो ।
बजारमा होटल व्यवसाय गर्दै आएका नवराज श्रेष्ठको घरमा आगलागी हुदाँ दोस्रो तलमा हरेका सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डियसपि लाल बहादुर धामीले आगलागीबाट लाखौँकोक क्षती भएको बताए ।
उनका अनुसार कोठामा रहेका लत्ताकपडा, गरगहना र पुरै तला मै क्षेती पुगेको छ । तीन तले घरको तेस्रो र तल्लो तलामा भने कुनै क्षेत िनभएकोक उनले बताए । विद्युतको तार सड् भएर आगलागी भएको हुन सक्ने प्रहरीको आंशका छ
आगलागी नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय र चन्दननाथ नगरपालिकाको दमकलको प्रयोग गरी १२ बजेतिर नियन्त्रणमा आएको धामीले जानकारी दिए । आगलागीबाट भौतिक क्षेती भएपनि मानवीय क्षेती भने भएको छैन । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्