ट्रकले ठक्कर दिदाँ अटो रिक्सा चालक गम्भिर घाईते



कोहलपुर ।
कोहलपुर ढकेरी सडक खण्डमा अटोरिक्सा दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी छन् ।

कोहलपुरबाट राप्तीसोनारी गाउँपालिकाको शम्शेरगन्जतर्फ जाँदै गरेको अटोरिक्सा केहीबेर अघि राप्तीसोनारी गाउँपालिका ९ को झिझिरी खोला नजिक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

भे १ ह ४५२७ नम्बरको अटो दुर्घटनामा परेर राप्तीसोनारी गाउँपालिका ८ की धनसरी बुढा गम्भिर घाइते भएकी छिन् । उनको अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

अटो रिक्सालाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको बताइएपनी पुष्टी हुन भने सकेको छैन ।

दुर्घटना स्थलमा गएका प्रहरीका अनुसार ट्रकले ठक्कर दिएको भन्दा पनी चालक आत्तिएर दुर्घटना भएको हुनसक्ने देखिएको बताएका छन् । अहिले पुर्वतर्फ गइरहेका ट्रकहरुलाई रोकेर अनुसन्धान चलिरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार