कोहलपुर ।
पहिचान र संरक्षण नहुँदा पुत्का जातको मौरी लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रुपमा व्यवसाय गरिदै आएको मौरीको संरक्षण नहुँदा लोपउन्मुख अवस्थामा पुगेको हो । पुत्का मौरी बाँके लगायत नेपालका भित्री मधेश र तराई क्षेत्रमा व्यवसाय गरिदै आएको छ ।
पहिचान र संरक्षणको प्रखाईमा रहेको यो प्रजातीको मौरी भने बाँकेमा विगत ९ वर्ष देखी व्यवसायिक रुपमा पालन गरिदै आएको छ । मानव बस्ती, सदाबहार जंगल क्षेत्रमा बढि पाईने यो मौरी व्यवसायको रुपमा विस्तार हुदै जान थालेको हो । मानव बस्तिको सुरुवात सँगै विकसित भएको पुत्का जातको मौरी बाँकेमा परापुर्व काल देखी नै विभिन्न सदाबहार जंगल क्षेत्रमा हुने गर्दथ्यो ।
यो प्रजातीको मौरी जमिनमुनी चिरा, वन जंगलका धोद्रा रुखका फेद, ढुंगा तथा पुराना घरमा भित्ताहरुमा पाईन्छ । मौरी पालन गरिहेका किसानहरुले पुत्काको पहिचान र संरक्षणको लागि सरकारी तवर बाटै पहल गरिनु पर्ने बताउँछन् । औषधोपचारको लागि समेत उपयुक्त मानिएको पुत्का मौरी संरक्षणमा उनीहरुले जोड दिन्छन् । यसको मह विभिन्न खाले रोगका लागि समेत उपयुक्त रहेको पाईएको छ । यद्यपी सरकारी तवरबाटै आधारिक रुपमा पुष्टि भने नगरिएको विज्ञहरुको भनाई छ । यो नेपाल लगायत भारत, मलेसिया, थाईल्याण्ड लगायातका देश व्यवसायिक रुपमा पालन गरिदै आएको छ ।
प्रदेश पाँचमा पहिलो पटक पुत्का जातको मौरी पालन सुरु गरेका बाँकेका पुरमल बस्नेतले आफुले विगत ९ वर्ष देखी मौरी पालन गर्दै आएको बताए । पुत्का मौरी संरक्षण र व्यवसायीकरण गर्नको लागि आफुले व्यवसाय थालेको उनको भनाई रहेको छ । उनी व्यक्तिगत रुप मै यसको पहिचान र संरक्षणको अभिायनमा समेत लागेका छन् । उनकै अगुवाईमा व्यक्तिगत तथा सामुहिक रुपमा पुत्का जातको मौरी पालन गरिदै आएको छ ।
बस्नेतको यो अभियानलाई मौरी विकास केन्द्र गोदावारी र नेपाल कृषि अनुसन्धान परिषद्ले समेत निकै चासोको रुपमा लिएका छन् । मौरी विकास केन्द्र गोदावारीका प्रमुख तीर्थ बहादुर श्रेष्ठले नेपालमा व्यक्तिगत रुपमा व्यवसाय गरिदै आएको भएपनि थप अनुसन्धान भने नभएको बताए । यो विशेष गरी बाँके, बर्दिया, दाङ, सुदूर पश्चिमका केही र तराईका जिल्लामा पुत्का मौरी पाईने उनको भनाई रहेको छ । श्रेष्ठले मौरी पालन कार्यक्रमलाई प्रभावकारी ढंगले पहिचालन गर्ने, प्रविधिको, अध्ययन अनुसन्धान तथा विकास गर्ने उद्देश्य रहेको जानकारी दिए ।
यस्तै संगठनातम्क ढाँचा, दक्ष जनशक्तिको विकास, प्राविधिक सेवा÷टेवा पु¥याउने र संरक्षणका गतिविधि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । नेपाल कृषि अनुसन्धान परिषद्का मौरी विज्ञ संजय बिष्टले यो नेपालमा सुरुवाती चरणमा रहेको बताएका छन् । अन्य देशहरुमा भने यसको ठूलो मात्रामा व्यवसायिक रुपमा पालन हुँदै आएको उनको भनाई छ । किसानको माग अनुसार आगामी वर्ष देखी अध्ययन, अनुसन्धान थालिने विज्ञ बिष्टले बताए ।








प्रतिक्रिया दिनुहोस्