नेकपा बाँकेको भन्योः अपराधकर्म लुकाउन डिएसपी माथि लगाइएको आरोप सह्य छैन



नेपालगञ्ज ।
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाँकेले अपराधी कसैको पार्टीको मान्छे नहुने भएकाले प्रहरीलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गरेर नेकपा बाँकेले घटनालाई राजनीतिक रंग दिएर दोषिलाई बचाउने खेल भइरहेको भन्दै आपत्ती जनाएको हो । जिल्ला अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी) र सचिव अशोक कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनालाई राजनीतिक रंग दिएर जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावित पार्दै अराजकतालाई प्रश्रय दिने जुनसुकै हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ ।

नेपाल सरकार, नेपाल प्रहरीलाई यस्ता प्रकारका अपराधिक घटनामा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारबाही गर्न जोडदार माग गर्दछौँ ।’

विज्ञप्तीमा प्रहरी नायब उपरीक्षक (डिएसपी) माथीको आरोप प्रहरीमाथीको हस्तक्षेप भएको उल्लेख गरिएको छ । ‘आफ्नो अपराधकर्म लुकाउनका लागि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी माथि जुन प्रकारको आरोप लगाइएको छ, त्यसको समेत हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज, २० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १७ गते आइतबार