देवकी निरौलाका गजल



– देवकी निरौला

वर्षी रहन्छ गगन कैले सम्म
जलाइ रहन्छ बदन कैले सम्म

रुखको ओतमा काट्नु छ रात
हुन्छ तिम्रो आगमन कैले सम्म

यौटा अमूल्य रत्न नासो छ मसँग
गर्न सक्छु उसको जतन कैले सम्म

अस्पतालमा आमा मृत्युसँग लड्छिन्
थाहा छैन चल्छ धड्कन कैले सम्म

रुखमै झुण्डीएर ज्यान बचायो आज
दुखी रहन्छ उसको बचपन कैले सम्म

 

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार