विजया भवानीदेखि बारपाक हुँदै लाप्राकसम्म



मन बहादुर बि.क.‘सल्यानी’

समयको बहाफसँगै यो पंक्तिकार श्री विजया भवानी मा.वि गण्डकी १ मकैसिंङ गोरखामा अध्यापनको सिलसिलामा पुगेको छ । सोही विद्यालयबाट भ्रमणको क्रममा गोरखा जिल्लाकै उत्तरीभेगमा पर्ने ऐतिहासिक पर्यटकीय स्थल बारपाक, लाप्राकलाई केन्द्र बनाएर तय गरियो । सोही अनुसार मिति २०७६ कार्तिक ६ र ७ गते विद्यार्थी सहित शिक्षक, कर्मचारीको भ्रमण दल त्यसतर्फ प्रस्थान ग¥यो ।

पहिलो दिन अर्थात कार्तिक ६ गते विद्यालयको भ्रमण दल हटिया बजारबाट बिहान ७ बजे गन्तव्य स्थान तर्फ प्रस्थान ग¥यो । त्यहाँबाट रमणीय प्राकृतिक सुन्दरताहरु नियाल्दै र बसभित्र विद्यार्थीहरु नाचगानको रौनकतामा रमाउँदै हामी करिब २ घण्टाको अन्तरालमा गोरखा बजार (सदरमुकाम) पुगेको पत्तै पाइएन । केही समयको बिश्राम पश्चात बसले आफ्नो गति लिन थाल्यो । विशेष गरी मेरो लागि त्यो यात्रा बिल्कुलै नयाँ थियो । तसर्थ मैले उक्त ठाउँ, परिवेशको बारेमा विशेष चासोका साथ सर, म्यामहरुबाट जानकारी लिने चेष्टा गरिरहेको थिएँ ।

प्राकृतिक सुन्दरताले सिंगारिएको हाम्रो देश नेपाल वास्तवमै स्वर्ग छ । यहाँ विभिन्न धार्मिक स्थल, प्राकृतिक स्रोत, खानी आदिले भरिपूर्ण छ, मात्र यसको सही सदुपयोगको खाँचो छ । यसको ज्वलन्त उदाहरण बारपाक सुलिकोट गा.पा. मा पर्ने पाँचखुवा देउरालीमा तामाखानी अवस्थित छ । त्यसलाई हामीले टाढैबाट दृश्यावलोकन गर्ने अवसर पायौँ । सम्भवतः त्यो नेपालकै उत्कृष्ट खानी मध्यकै एक हो । त्यसलाई सही रुपले उत्खनन् र सही सदुपयोग हुन सके नेपाल परराष्ट्र निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थितिबाट अलग हुन सक्ने सम्भावना बोकेको छ । त्यसपछि सुन्दर झरना, खोला, पहाड एवम् निश्चल प्रकृतिसँग सुसेली खेल्दै हामी बारपाक सुलिकोट गा.पा. को शौरपानी अन्तरर्गत एतिहासिक, धार्मिक स्थल सीता गुफाको अवलोकनमा मन्त्रमुग्ध भयौँ । निकै लामो, ओसिलो, निस्पट्ट अन्धकार उक्त गुफाबाट माता सीताको उत्पत्ति भएको जनविश्वास गरिदो रहेछ तसर्थ उक्त गुफाको नाम नै सीता गुफा रहेको किंम्वदन्ती प्रचलित छ । यस ऐतिहासिक धार्मिक स्थललाई थप सुविधा सहित आकर्षक बनाउन आवश्यक देखिन्छ । यसको महत्व बोध गरी राज्यले जगेर्ना गरेमा यस स्थलले धार्मिक, पर्यटकीय रुपमा प्रमुख आयाम ओगट्न सक्ने सम्भावना बोकेको छ । हामी सीता गुफाको मनमोहकतामा डुबिरहेका थियौँ तर
समयले हामीलाई जनाउँ घण्टी दिइरहेको हुँदा प्रमुख गन्तव्य स्थान बारपाक तर्फ प्रस्थान ग¥यौँ । बसको रफ्तारसँगै त्यहाँका सुन्दर प्राकृतिक अनुपम दृश्यलाई आ–आफ्ना मानसपटलमा कैद गर्दै अगाडि बढ्यौँ । निकै कठिन भू–बनोटको सडक यात्रामा बिस्तारै अगाडि बढ्दै थियौँ  समय निकै बेथित भैसकेको थियो ।

यात्रा कठिन हुनुमा वर्षातले सडक प्रभावित पारेकोले अझ त्यसमा पनि वर्षात पछिको पहिलो बस यात्रा हामीले गरेको कारण । बसको कठिन यात्रा भएता पनि मनमोहक दृश्यले हामीलाई आनन्द महसुस गराउँदै गन्तव्य स्थान बारपाक पुग्यौँ र खाना पश्चात त्यो परिदृश्यको आनन्दलाई मनमुटुमा सजाउँदै सुन्दर, स्वप्निल संसारमा घोत्लियौँ । बिहानको नास्तापछि हामी पारबाकबाट पद यात्रा गर्दै धार्चे गा.पा. अन्तर्गत पर्ने अर्को पर्यटकीय स्थल लाप्राकको यात्रामा प्रस्थान ग¥यौँ । यो दोस्रो दिन अर्थात कार्तिक ७ गतेको यात्रा हो । बारपाकबाट लाप्राक जान सिधैँ उकालो चढ्नु पर्ने रहेछ । पदयात्रा गर्दा निकै थकान महसुस हुन्थ्यो अनि ठाउँठाउँमा विश्राम गर्दै हिड्नु पर्ने परिस्थिति आएता पनि त्यस वातावरणमा भएका यौवनरुपी लालिगुराँस, सेतै फुलेका बुकी फुल, सल्ला, कलकल बग्ने पानी, ऐसेलु, पहाड, चट्टान अन्य लोभ लाग्दा पोथ्रा, सुन्दर मनोरम परिदृश्य आदिको मिठो मुस्कानले जिस्क्याइरहे । जसले गर्दा विश्राम गर्न लज्जाबोध हुन्थ्यो । करिव २ घण्टाको उकाली हिडाई पश्चात गन्तव्य स्थानको नमुना लाप्राक बस्तीको समीपमा पुग्दा हाम्रो स्वागत स्वरुप कति आनन्दित लाग्ने तृण, लोभ लाग्दो दुबो आदिको पहिरन सँगै उसको चकटी, गुन्द्रीमा चिसो, स्वच्छ, हृदयस्पर्शी हावाले हन्किरहेको थियो ।

सबै थकान त्यही निष्ठान स्वागतले हराइसकेको थियो । त्यस डाँडाबाट उत्तर पश्चिमतर्फ देखिने मनास्लु हिमाल अनि उत्तरतर्फ देखिने बौद्ध हिमाल, गणेश हिमालका सेतै देखिने दन्त मुस्कानले भ्रमण दलका सबै सदस्यलाई मुस्कानरुपी प्रत्युत्तर दिन बाध्य तुल्याएका थिए । त्यस डाँडाबाट करिब २ सय मिटर ओरालो झरेपछि हामी लाप्राक नमुना बस्ती पुग्यौँ । त्यहा २०७२ सालको बिनासकारी भुकम्पले पुर्ण क्षति ग्रस्त पारे पछि एन.आर.एन को सहयोगमा ५ सय ५७ घर धुरीको नमुना बस्ती निर्माण गरिएको रहेछ, एकै खालका २ कोठे भूकम्प रहित घरहरु हेर्दा उक्त बस्ती निकै मनमोहक देखिन्छ । करिब १ घण्टाको अवलोकनमै हामी सबै त्यस स्थलका एकअर्काका परिपुरक भैसकेका थियौँ । छुटिने मन पट्क्कै थिएन । तर पनि समय पावन्तीको कारण त्यो सुन्दर परिदृश्यबाट हामीले बिदा माग्नु पर्ने बाध्य भयो । फल स्वरुप त्यो सुन्दर उद्यायानका लालिगुराँस, सल्ला, अन्य पोथ्रा वनस्पती आदिले सुसेली हाल्दै, पात हल्लाउँदै साथै ऐसेलुका रसबरी कोसेली उपहार पस्किदै बिदा गरे । अनि हामीले पनि बिदाईका गह्रौँ हातहरु हल्लाउँदै बारपाकतर्फ फर्कियौँ ।

लाप्राकबाट फर्किदा थुपै स्वदेशी र विदेशी पर्यटकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त भयो । विभिन्न देशका विदेशी पर्यटकहरुका लागि परिश्रमी नेपालीहरुले भरियाको काम गरिरहेका थिए । त्यस्तो कठिन उकाली ओरालीसँग जीवन जिउने आधार तय गर्दै थिए । त्यहाँका परिश्रमी कृषकहरु त्यो सुन्दर वनपाखामा मितेरी गाँसीरहेका थिए । करिब १२ः३० मा बारपाक पुगियो । अनि खाना पश्चात करिब २ बजे हामी आफ्नो विद्यालय गन्तव्यतर्फ मोडियौँ । विश्व युद्धमा नेपालको वीरता प्रदर्शन गरेका, नेपालको नाम रोशन गरेका अंग्रेजबाट ‘भिक्टोरिया क्रस’ पदक प्राप्त व्यक्तित्व गजे घलेको जन्म स्थान, भुकम्पको केन्द्र बिन्दु बारपाकबाट पनि हामी बिदाई भयौँ । बारपाकबाट हिडेको केही समय पश्चात एउटा सुन्दर झरना शौरपानीको अवलोकन गरियो । त्यो सुन्दर झरनाले हामी सबैको मन मस्तिष्कमा बिम्बात्मक प्रस्तुति कैद गरेको आभास हुन्छ ।

बिजुली उत्पादनदेखि अन्य धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलको प्राप्त सम्भावना बोकेको गोरखा जिल्लाको उक्त भ्रमण निकै फलदायी भएको अनुभूति  गरियो । उक्त स्थानका पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन, बाटोघाटोको सुधार, स्तरउन्नती गरेमा आन्तरिक र बाह्य पर्यटकको संख्या तीब्र रुपमा बढ्ने आँकलन गर्न सकिन्छ । त्यस तर्फ सबै सरोकारवाला निकायको समयमै ध्यान केन्द्रित हुन जरुरी छ ।

– बाँसगढी –३ वेलवा, बर्दिया

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार