कोहलपुर प्रहरीको सक्रियताः ठगी मुद्दामा फरार सल्मानी पक्राउ



कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न समयमा फरार अभियुक्तलाई पक्राउ गर्न सक्रियता देखाएको छ । कोहलपुर प्रहरीको प्रमुखको रुपमा प्रहरी नायब उपरीक्षक हेम बहादुर शाही आएसँगै विभिन्न घटनामा अदालतबाट सजाय तोकिएका व्यक्तिहरु पक्राउ पर्न थालेका हुन् ।

सोही क्रममा प्रहरी नायब उपरीक्षक शाहीको कमाण्डमा खटिएको टोलीले शनिबार दिउँसो ठगी मुद्दामा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । उनका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ५ का साहिद हुसेन सल्मानी रहेका छन् ।

उनीमाथि गत जेठ ९ गते लाखौं रुपैयाँ ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा सोही ठाउँका सन्तोष कुमार अहिरले मुद्दा दर्ता गरेका थिए । सोही उजुरी प्रहरीले बाँके जिल्ला अदालतमा दर्ता गराएपछि अदालतले फरार सल्मानीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ९ गते शनिबार