बर्दियामा सामाजिक जवाफदेहिता  कार्यदल



रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया,

बर्दियामा सामाजिक जवाफदेहिताको काममा प्रभावकारिता बढाउन कार्यदल गठन गरिएको छ । शुक्रबार गुलरियामा  सम्पन्न नागरिक समाजका संस्थाहरुको सल्लाहकार समूहको   भेलाबाट गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्सीय कार्यदल गठन भएको हो ।

कार्यदलको  सदस्यमा थारु महिला उत्थान केन्द्रका शिवा शर्मा, नेपाल पत्रकार महासंघका मेनका चौधरी, सामुदायिक उपभोक्ता वन महासंघका पद्मा पौडेल रहेका छन् ।

यस्तै   अन्य सदस्यहरुमा बर्दिया नेत्रहिन सँघका चिन्तामणि कडेल र महिला पुनःस्थापना केन्द्र(ओरेक)का शर्मिला निरौला  चयन भएका हुन् ।

सथै भेलाले सामाजिक जवाफदेहिता सम्बद्ध कार्यबिधि निर्माणका लागि पालिकाहरुलाई सहजिकरण गर्ने, कार्य तर्जुमाका ७ चरणको प्रभावकारी कार्यान्वयनको लागि पैरबी गर्ने गरेको छ ।

अन्य निर्णयहरुमा सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगमा सहजिकरण गर्ने र पालिका स्तरमा जवाफदेहिता समुह गठन गर्ने कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने  रहेका छन् ।  सामाजिक जवाफदेहिताका औजारहरुका बारेमा समान बुझाई बनाउन अभियानकर्ता श्याम बहादुर थारुले अनुशिक्षण गरेका थिए ।

भने स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाका प्राविधिक सल्लाकार दुर्लभ बोगटीले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बारेमा प्रकाश पादै बोगटीले जिल्लामा सार्वजनिक निकायका काममा सामाजिक जवाफदेहिता बढाउन नागरिक समाजका संस्थाहरुको क्रियाशिलता र काममा प्रभावकारिता ल्याउनका लागि परियोजनाले सहकार्य गर्ने बताए ।

समुहका संयोजक बिष्णु प्रसाद तिमिल्सिनाले समुहको सचिवालय महांँघको कार्यालयमा हुने र कार्यदलबाट स्थानिय पालिका तथा संस्थाहरु सँग मिलेर कार्य गर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार