जाजरकोट ।
वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ ।
पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय केडको सहयोगमा काम गर्दै आएको थियो ।
वालविवाह विरोधी अभियान सुरु भएको तीन वर्ष वित्दासम्म सोही अभियानमा लागेकाले धमाधम विवाह गर्न थालेपछि सो कार्यक्रम प्रभावहीन भएको स्थानीयवासीले बताएका छन् ।
वालविवाह न्यूनीकरणका लागि भन्दै लाखौं रकम खर्चिए पनि वालविवाह गर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको जनप्रतिनिधिहरू बताउँछन् ।
कार्यक्रमले सहयोग भन्दा पनि झन् वालविवाह बढाउने तीर लागेको शिक्षकहरू बताउँछन् । कार्यक्रम लागू भएको विद्यालय पञ्च भयार माविमा दुई पटक विद्यार्थी वालिका विरामी नै भएकोले पढाई समेत प्रभावित भएको थियो ।
वालअभियानका रुपमा छनोट भएर प्रशिक्षण लिएकाहरूले नै उमेर नपुग्दै विवाह गरेका कारण अभियान सञ्चालन गर्न चुनौतीपूर्ण देखिएको छ ।
महिला संरक्षण मञ्च जाजरकोटले पनि सञ्चालन गरेको यो कार्यक्रम अहिले बहुआयमिक विकास तथा अध्यायन मञ्च जाजरकोटले जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाम कार्यक्रम गर्दै आएको छ ।
तीन वर्षको अवधिमा नलगाड वडा ८ (साविकको खगेनकोट ५,६) मा झण्डै ५ जना भन्दा बढी उमेर नपुगेका वालअभियाकर्मीले विहे गरेको पाइएको छ ।
गाउँ, गाउँमा गएर वालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमदेखि प्रशिक्षण कार्यक्रम गरेको भन्दै रकम खर्चे पनि सो प्रभावहीन देखिएको छ । भेरी नगरपालिकाको भुरमा भएको एक कार्यक्रममा बालविवाह न्यूनीकरण गर्न समस्य भएको मावि भुरमा शिक्षकले बताएका छन् ।
महिलाको स्वास्थ्य तथा प्रजनन अधिकारका विषयमा केन्द्रीत रहेको यो कार्यक्रम गाउँका सर्वसाधारणलाई सचेतना फैलाउने कार्यमा भन्दा पनि व्यक्तिगत फाइदामा लागेका कारण कार्यक्रम सफल हुन नसकेको स्थानीयवासीहरू बताउँछन् ।
नागरिक अगुवाको परिचय बनाएका मञ्चका अध्यक्ष आफैँ बिभिन्न प्रपोजल लेख्दै स्थानीय तहमा केन्द्रीत भएर कमाउ धन्धामा लागेपछि थप कार्यक्रम प्रभावहीन भएको हो । कर्मचारी नियुक्ति प्रक्रियामा आफू निकट र मोटो रकम असुलेर नियुक्ति गरिएको कार्यकताले प्रभावकारी काम नगर्दा प्रभावहीन भएको हो ।









प्रतिक्रिया दिनुहोस्