अनोज थारु, बढैयाताल बर्दिया ।
दोस्रो लक्ष्मणपुर बर्दिया जिल्ला स्टरीय फुटबल प्रतियोगिताको चौथो दिन तीन खेल भएका छन् । असोज ९ गते बाट शुरु भएको प्रतियोगिताको चौथो दिन तीन म्याच भएका हुन् । आईतबारको पहिलो खेलमा चेपाङ्ग यूवा क्लब र ताराताल क्लब बीच खेल हुने भनिएपनि खेलमा ताराताल उपस्थित नभएपछि चेपाङ्ग क्लब फ्रि किकमा २ गोल गरेर विजय भयो ।
दोस्रो दिन भएको खेलमा मैनाबहुरीया क्लबलाई २ का बिरुद्ध ४ गोलले उत्तरभकारी क्लब पराजित भएको आयोजकले जनाएको छ । आईतबार भएको अन्तिम खेलमा भने सटहरीयालाई खैरेनी शुन्य बिरुद्ध एक गोलले पराजित गरी बिजय भएको छ । प्रतियोगिता अन्र्तगत सोमबार (आज) पहिलो खेल १२ बजे मगरपुर र राँझा बीच हुनेछ ।
भने दोश्रो खेल दिउासो २ बजे आर्कषक युवा क्लव उच्च मैनापोखर र माछागढ यूवा क्लव बीच प्रतिष्पर्धा हुनेछ । अन्तिम तेश्रो खेल बाँसगढी बि टिम र सि.जि.वाइ वाइ बीच खेल हुने फुटबल खेलको आयोजक टिमले जनाएको छ ।
‘कला संस्कृति पर्यटन तथा खेलकूदका लागि पहिचान विकास र समृद्धिमा बेलटारी युवाहरुको अभियान’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता असोज १९ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्