कोहलपुर आर्थिक ट्रान्जिट क्षेत्र



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकालाई आर्थिक सहरको ट्रान्जिट क्षेत्रको रुपमा विकास गर्नु पर्ने सरोकारवालाले जोड दिएका छन् । तीन वटा प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कोहलपुरलाई आर्थिक रुपमा समृद्ध नगर बनाउनको लागि आर्थिक विकासको तीन खम्बे अर्थनीति अनुसार अघि बढ्नु पर्ने सरोकारवालाले बताएका हुन् । सरकारी, नीजि क्षेत्र र सहकारीको साझेदारीमा परियोजनालाई दीर्घकालिन विकासको लागि कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको भनाई रहेको थियो ।

मंगलबार बाँके सहित तीन वटा प्रदेशमा एकै साथ लागु हुन लागेको स्थानीय तथा प्रादेशिक आर्थिक परियोजनाबारे आयोजना गरिएको अन्तरक्रियामा सहकार्य र समझदारीका साथ अघि बढ्नको लागि सरोकारवालाद्धारा जोड दिईएको हो । परियोजनाका बारेमा कोहलपुर नगरपालिका क्षेत्रका सरोकारवालासँग अन्र्तक्रिया गरिएको थियो । प्रदेशमा भएका आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गरी एक अन्र्तराष्ट्रिय एनजिओ सँगको सहकार्यमा तीन वर्षको लागि परियोजना लागु हुनेछ । जर्मन विकास नियोग (जिआईजेड)ले कर्णाली, सुदूरपश्चिम र प्रदेश पाँचका एघार वटा स्थानीय तहमा परियोजना लागु गर्दैछ । अन्र्तक्रियामा प्रदेश पाँचका तीन जिल्लाका सात स्थानीय तह , कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहमा कार्यक्रम लागु हुने जानकारी दिइएको थियो ।

प्रदेश पाँचका बाँके सहित, दाङ र रुपन्देही जिल्लामा संचालन गरिनेछ । भने कर्णाली प्रदेश राजधानी सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका उपमहानगर÷ नगरपालिकामा सञ्चालन गरिनेछ । कार्यक्रम सन् २०१९ को जुन १ देखि सुरु भई सन् २०२२ को मे सम्म लागु हुनेछ । उक्त परियोजनाका लागि बाँकेका दुई स्थानीय तह छनोटमा परेका छन् । स्थानीय तथा प्रादेशिक आर्थिक परियोजनाले सोमबार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका सरोकारवाला सँग अन्तक्रिया गरेको थियो । मंगलबार कोहलपुरमा सम्पन्न अन्र्तक्रियामा सहभागि सरोकारवालाले परियोजनाबाट दीर्घकालिन विकासको लागि आधार खडा हुनु पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आर्थिक विकासका लागि नीजि क्षेत्र सँग सहकार्य गर्ने नीति अनुरुप जिआईजेडसँग सम्झौता गरेर कार्यक्रम लागु गर्न लागेको बताए ।

उनका अनुसार यसको लागि यस क्षेत्रका सबै सरोकारवाला निकायहरुसँग मिलेर आवश्यकता र प्राथमिकताको आधारमा कार्यक्रमलाई सहकार्य र समझदारीको माध्यमबाट संचालनमा ल्याईने छ । कार्यक्रममा संस्था र नगरपालिकाको तर्फकाट प्रस्तुतिकरण समेत गरिएको थियो । कार्यक्रमको नगरपालिकाले नेतृत्व गर्नेछ भने जिआईजेडले समन्वय गर्नेछ । कोहलपुर नगरपालिकाको तर्फबाट प्रस्तुतिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नगर क्षेत्रमा कृषि, पशुपालन, उद्योग÷व्यवसाय, पर्यटन आर्थिक समृद्धिका सम्भावनाका क्षेत्र रहेको जानकारी दिए । ‘कोहलपुर आर्थिक, पर्यटन तथा कृषिका दृष्टिले तीन प्रदेशको ट्रान्जिट क्षेत्र हो ’ उनले भने, ‘नीजि क्षेत्रको साझेदारीमा नगरपालिकाले आर्थिक विकास गर्छ ।’ परियोजना लागु भएपछि व्यवसायिक कृषि तथा पशुपालनको लागि माछा, बाख्रा,कुखुरा पालन, हाट बजार संचालन गरिनेछ । भने साना उद्यम, हस्तकला, घरेलु व्यवसाय संचालन गरिने उनले बताए ।

यस्तै सहकारी खेती, सुपथ मुल्य सहकारी पसल दुग्ध व्यवसाय र कोहलपुर ब्रान्डिङ उत्पादनमा जोड दिईने भारतीले जानकारी दिए । यसैगरी नगरपालिकाले उक्त कार्यक्रम अन्र्तगत लक्षित वर्ग विकास, होमस्टे विस्तार र पर्यावरण सुधार्ने खालका क्रियाकलाप संचालन हुनेछन् । जिआईजेडका तर्फबाट डाक्टर फोल्गर स्टाईगर वाल्डले कार्यक्रम लागु हुने स्थानीय तहमा सस्थाले आर्थिक विकासको लागि साझेदारी गरिने बताए । उनका अनुसार आगामी दिनमा यस क्षेत्रको आर्थिक विकासको लागि सहकार्य, समन्वय र साझेदारी गरेर अघि बढिने बताईएको छ । कार्यक्रममा सहभागि सहकारी, उद्योगी, व्यवसायी तथा नीजि क्षेत्रका सरोकारवालाले आर्थिक विकासको लागि सहकार्य गर्न तयार रहेको भन्दै नगरपालिका र सस्थालाई नीजि क्षेत्रकाको समन्वयलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि आग्रह गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ८ गते बुधबार