1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बहिरा विद्यार्थीलाई कपडा वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६  

खड्क सुनार ,मुगु,
४० औं सामाजिक सेवा दिवसको अवसरमा मुगुका दुई वटा विद्यालयमा अध्धयनरत बहिरा विद्यार्थीलाई कपडा वितरण गरिएको छ । दिवसको अवसरमा मुगुम क्रियाशिल गैर सरकारी संस्थाहरुको साझेदारीमा विद्यार्थीलाई लत्ता कपडा वितरण गरिएको छ ।

गमगढीस्थित जिल्लाको महाकाली माद्यमिक विद्यालय श्रीनगरका १८ र बालमन्दिर आधारभुत विद्यालय चैनका १२ जना विद्यार्थी लाई करिव ३० हजार बराबरके सामान वितरण गरिएको हो ।

छायानाथ रारा नगरपालिकाको आयोजनामा करिव ३० जना वहिरा विद्यार्थी लाई सो सामान वितरण गरिएको हो । जसमा नेपाल रेडक्रस सोसाईटी मुगु बाट १५ वटा कम्मल , २९ वटा गिलास , जुत्ता मोझा वितरण गरेको छ भने हुरुन्डेक नेपाल बाट विद्यार्थी लाई पठनपाठनमा सहज होस भनि सोलार , छात्राहरु लाई सरसफाई र लेडिज स्विटर वितरण गरेको थियो ।

सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकासको अठोट” भन्ने मुल नाराका साथ मनाईएको दिवसमा जिल्लाका सामाजिक सेवाका क्षेत्रमा कार्यरत संस्थाहरुले जिल्लामा रहेका निमुखा , विपन्न घर परिवार , वृद्धवृद्धा , लगायत अन्य नागरिकहरु लाई सेवा गर्दे आईरहेको गैर सरकारी महासंघ नेपाल मुगुका अध्यक्ष सुरेन्द्र बहादुर मल्लले जानकारी दिए ।

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले समाज सेवामा लाग्नका लागि मन, बचन र कर्मको आवश्यकता पर्ने बताए । समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नया संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     6:03:07 PM  |