नेपालगन्जमा ‘नेपाल आईडल’को अडिसन शुरु



कोहलपुर ।
नेपाल आइडल सिजन ३ को अहिले देशभर असिडन चलिरहेको छ । दुई वटा सिजनको सफलता संगै तेस्रो चरणको सो शुरु हुने चरणमा छ ।

नेपाल आइडल सिजन ३ को नेपालगन्ज अडिसन शुरु भएकोछ । प्रदेश पाँचको नेपालगञ्जमा अडिसन शुरु भएको भएको आयोजकले जनाएको छ ।

नेपालगन्जको ब्राइटल्याण्ड कलेजमा आज बिहान ८ बजेदेखि अडिसन शुरु गरिएको हो ।

सयौको संख्यामा गायन प्रतिभाहरुको अडिसनमा सहभागिता रहेको छ । अडिसन साँझ ४ बजेसम्म सन्चालन हुनेछ ।

यस पटकको निर्णायकमा समेत साविकको सिजनका तीनै जना रहेका छन् ।

न्यु बज्राचाय, कालि प्रसाद बास्कोटा र ईन्दिरा जोशी निर्णायकको भुमिकामा छन् । नेपालगञ्ज अडिसनबाट अर्को चरणका लागि प्रतियोगिता छनोट गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार