कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा नौ जना महिला र १२ जना पुरुष गरी २१ जनाले रक्तदान गरेका थिए । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले विभिन्न अस्पतालमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
‘हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेका थिए’ उनले भने ‘पछिल्लो अवस्थामा विभिन्न संघ र संगठनहरुले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिएकोले रगतको अभावले अकालमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य हुनेछ ।’ यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतीले रक्तदान मानवीय सेवा प्रशसनीय रहेको बताए ।
‘एक थोपा रगतले कसैको ज्यान बच्छ भने किन रक्तदान नगर्ने’ उनले भने, ‘रक्तदान गर्न हिचकिचाउनु हुँदैन ।’ रक्तदान गर्दा आफुलाई शाररिक स्वस्थ रुपमा फाइदा हुने उनको भनाई थियो । कोहलपुर नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्थानीयबासी लगायतले रक्तदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्