29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

जनप्रतिनिधिद्धारा विपन्न विद्यार्थीलाई फिल्टर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६  

जुम्ला ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सदस्य आदी प्रसाद न्यौपानेले जन्मदिनको अवसरमा दुई विद्यालयलाई फिल्टर प्रदान गरेका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य समेत न्यौपानले आफ्नो जन्म दिनको अवसरमा फिल्टर प्रदान गरेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ स्थित भगवती आधारभुत विद्यालय धौलापानी र बसन्त आधारभुत विद्यालय रावतबाडालाई स्टेशनरी र फिल्टर प्रदान गरिएको हो । सदस्य न्यौपानेले जन्म दिनको अवसरमा विद्यार्थीलाई केही राहात होस् भन्ने उद्देश्यले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी र फिल्टर प्रदान गरिएको बताए ।

न्यौपानेका अनुसार आफ्नो व्यक्तिगत खर्च कटाएर जेहेन्दार विद्यार्थीकलाई निशुल्क प्रदान गरिएको हो । २७ आंै बाल दिवसको अवसरमा उनले सहयोग प्रदान गरेको भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक लाल प्रसाद चौगालाईले बताए । चौलागाईले आफ्नो विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । बसन्त आधारभुत विद्यालय रावतबाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क रावले पनि न्यौपाने प्रति आभार प्रकट गरेका छन् । यस्तै वडा नम्कर ६ कै बिहानी आर्ट जुम्लाका लाल बहादुर बिष्टले दुवै विद्यालयलाई भित्ते घडी प्रदान गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     8:00:04 AM  |