8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

असल अभिभावकका १५ पहिचान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६  

-आचार्य लक्ष्मण भण्डारी
एउटा अङ्ग्रेजी भनाइ छ, ‘द लाफ्टर अफ अ चाइल्ड इज द लाइट अफ द होम’ अर्थात् बच्चाको मुस्कान नै घरको उज्यालो हो । जुन घरमा बालबालिका छैनन् त्यो घर मुस्कानबिनाको घरजस्तै हुन्छ । घरमा बालबालिका उफ्रन्छन्, खेल्छन्, रमाउँछन्, दौडन्छन्, नाच्छन्, गाउँछन् र नै घरहरु घरजस्ता हुने गर्दछन् । घरले बालबालिकाकै कारण पूर्णता पाउँछ । दुई युवायुवती जब विवाहबन्धनमा बाँधिन्छन् तब उनीहरुले छोराछोरीको सपना देख्न थाल्छन् । यदि कुनै कारणले बच्चा जन्मन ढिलाइ हुन पुग्यो भने के भयो, कसो भयो र किन बच्चा हुन सकेन भनेर अनेक खालका प्रश्नहरु जन्मन्छन्; कारण बालबालिका घरका लागि नभई नहुने आवश्यकता हुन्, त्यसैले ।

संसारमा बालबालिकाको जस्तो मुस्कान कतै पाइँदैन । बालमुस्कानमा यस्तो सम्मोहन हुन्छ, जसले जतिसुकै कठोर मानिसको मनलाई पनि आकर्षित गरिछाड्छ । सायद, जसको मन पवित्र हुन्छ, विचारमा कुनै छलछाम र दुर्भावना हुँदैन, जसको कसैप्रति पनि कुनै पूर्वाग्रह तथा द्वेष छैन र जो सबैप्रति उत्तिकै प्रेमपूर्ण छ उसको व्यक्तित्वमा जादु हुन्छ, मुस्कानमा दिव्य सम्मोहन हुन्छ अनि सबैका लागि अत्यन्त प्रिय लाग्दछ । हाम्रा साना–साना छोराछोरी पनि यति धेरै सुन्दर, आकर्षक र मायाँ गरुँगरुँ लाग्ने सायद त्यसैले हुनुपर्छ ।

मानिसलाई कुनै पनि भौतिक वस्तुले यतिधेरै आकर्षण गर्न सक्दैन, न त सन्तुष्टि नै दिन सक्छ । हाम्रो मनमस्तिष्कलाई आनन्द दिने, आकर्षित र सम्मोहित तुल्याउने हाम्रा बालबालिकाको निश्छल छवि हामीसित छ, तिनको मुस्कान हामीसित छ र तिनका साथ खेलकुद गर्ने एवम् जिस्किने अवसर हामीलाई उपलब्ध छ भने हामी कति भाग्यमानी ! यसैले पनि बाबुआमा हुनु परम सौभाग्य, आनन्द र सन्तोषको कुरा हो ।

हामीले यसअघि यस्ता दिव्य हाम्रा सन्तानको पालनपोषण, रेखेदेख, शिक्षादीक्षा र समग्र विकासका लागि अभिभावकका तर्फबाट हामीले गर्नुपर्ने भूमिका के हो ? अभिभावकले कस्तो शिक्षादीक्षामा जोड दिनुपर्छ ? बालबालिकाले हामी अभिभावकबाट के–के चाहन्छन् ? उनीहरुसित केकसरी व्यवहार गर्ने ? भन्नेजस्ता आम प्रश्नहरुमाथि विभिन्न कोणबाट चिन्तन गरेका छौँ । यी चिन्तनबाट हामीले असल अभिभावकत्वका अनेक आयामहरुबारे धेरथोर ज्ञान पनि हासिल गरेका छौँ । लाग्छ, हाम्रो यो सत्सङ्गले हाम्रा छोराछोरीको समग्र विकासमा आवश्यक अभिभावकीय भूमिका गहनतासाथ निर्वाह गर्न हामीलाई उचित मार्गदर्शन पनि गर्ने छ । आउनुस्, समग्रका एउटा असल अभिभावकले ध्यान दिनुपर्ने अथवा विकास गर्नुपर्ने विशेषताहरु के–के हुन्, निष्कर्षमा आज तिनै विषयहरुमाथि पुनः चिन्तन गरौँ ।

१. सदैव सकारात्मक

‘जस्तो दृष्टि, उस्तै सृष्टि’, ‘फूलको आँखामा फुलै संसार’, यी भनाइहरुले संसारको राम्रो, नराम्रो बाहिरको विषय नभएर हामीभित्रको विषय भएको तथ्य स्पष्ट पारेका छन् । हामीलाई जीवनमार्गमा प्रेरित गर्ने हाम्रा विचारहरु हुन् । यदि हाम्रो बाटो गलत भएको छ, गन्तव्य भुलेर कतै हामी अलमलिरहेका छौँ भने हामीले धारण गरेका विचार र त्यसले गरेको निर्देशनका कारण यस्तो भएको छ । होइन, हामी उचित बाटोमा छौँ, परिणाम पनि चित्त बुझ्दो नै छ र काममा लगन टुटेको पनि छैन भने त्योसमेत हामीभित्रकै सोचविचारकै परिणाम हो । अर्थात्, हामी जति सकारात्मक हुन सक्यौँ, विचारमा नकारात्मकता आउँदैन भने सबैसबै प्रयत्न र परिणामहरु सकारात्मक भएर जान्छन् ।
बालबालिकाप्रति अभिभावक कहिल्यै नकारात्मक हुनुहुँदैन । तिनका नकारात्मक प्रयासहरुलाई पनि सकारात्मक भएर उचित मार्गदर्शन गर्नतिर लाग्नुपर्दछ । बालबालिका जन्मजात पूर्ण भएर जन्मिएका हुँदैनन् । जीवन नै पूर्णताको यात्रा हो । तिनले बल्ल यात्रा आरम्भ गरेका छन्, पूर्णताको । त्यसैले, बिगार्दै सिक्दै उनीहरु त्यसतर्फ अग्रसर हुँदैछन् भन्ने सोच्नुपर्दछ ।

अभिभावकलाई छोराछोरीहरुले पनि नियालिरहेका हुन्छन् । तपाईं यदि सबैप्रति सधैँभरि सकारात्मक हुनुहुन्छ, प्रवृत्तिमा कहिल्यै नकारात्मकता छैन भने नजानिँदो प्रकारले तपाईंका बालबालिका पनि सकारात्मकताको बाटोमा हिँडिरहेका हुन्छन् । हामी एकदिनका बाबुआमा होइनौँ । सधैँका बाबुआमा भएका हुँदा हामीले सधैँ गर्ने काम, विचार र प्रवृत्तिलाई सधैँ हेर्दाहेर्दा, अनुभव गर्दागर्दा र त्यससित अभ्यस्त भएर बारम्बार ठोकिइरहँदा हाम्रा छोराछोरीले पनि हाम्रो सकारात्मकतालाई जीवनव्यवहारमा उतार्ने अवसर पाउँछन् । अभिभावक सधैँ सकारात्मक हुनुपर्दछ । यो असल अभिभावकको नभई नहुने गुण हो । चाहे बालबालिकाका गतिविधिहरुमा होस् वा आफूले गर्ने दैनिक व्यवहार र मानिसहरुसितको बसउठमा होस्, हामीले देखाउने सकारात्मक स्वभाव र व्यक्त गर्ने सकारात्मक प्रतिक्रियाले ठूलो अर्थ राख्दछ ।

२. प्रेम र परोपकार

उसलाई सबैले चाहन्छन्, जसलाई उसले चाहन्छ । उसलाई सबैले सम्मान गर्दछन्, जसलाई उसले सम्मान गर्दछ र सबैले उसलाई प्रेम गर्दछन्, जसले उसलाई प्रेम गर्दछ । प्रेम संसारको अत्यन्त दिव्य विशेषता हो, शक्ति हो । यो प्रकृतिको शाश्वत गुण हो । पशुदेखि, बोटबिरूवा मात्र होइन, कीराफट्याङ्ग्रा र मनुष्यसम्म सबैसबैले प्रेम चाहन्छन्, प्रेम गर्दछन् । यसरी हेर्दा के देखिन्छ भने प्रेम जीवनको धर्म हो । हरेक जीवित वस्तु प्रेमको भोको हुन्छ । हाम्रा छोराछोरी पनि यही प्रेम चाहन्छन्, जसरी हामीले हाम्रा आमाबुबाबाट त्यो प्रेम प्राप्त गरेका थियौँ ।

छोराछोरीलाई उनीहरुले टाउको टेक्ने गरी माया गर्नुहुँदैन भन्ने कुरा जति मह¤वपूर्ण छ, त्योभन्दा धेरै मह¤वपूर्ण तिनलाई तिनले देख्ने र महसुस गर्ने गरी प्रेम गर्नुपर्ने कुरा छ । तपाईंले छोराछोरीलाई प्रेम गर्नुको अर्थ तिनले बाँकी दुनियाँलाई प्रेम गर्नु हो, तिनका छोराछोरीलाई स्नेह गर्नु हो । हाम्रा छोराछोरीले कहिल्यै हामीले उनीहरुलाई माया गर्दैनौँ भन्ने महसुस गर्नुहुँदैन । पीडामा सान्त्वना, दुःखमा साथ र असफलतामा ढाडस बालबालिकालाई नभइनहुने कुरा हुन् ।

बालबालिकालाई प्रेम गरिरहँदा दीनदुःखीमाथि तपाईंको दया र परोपकारको विशेषता पनि बालबालिकाले महसुस गर्नुपर्दछ । जीवन भन्नु नै परोपकारको अर्को नाम हो । व्यक्तिगत जीवन त जसले पनि आरामले बाँँँच्न सक्छ, तर अर्काको लागि पनि सोच्ने व्यक्ति विशिष्ट हुन्छ । तपाईंले अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै गरेको; अशक्त र अनाथहरुलाई उद्धार गर्दै गरेको छोराछोरीले देखे भने उनीहरु पनि त्यही बाटोमा हिँड्न अभिप्रेरित हुन्छन् । संसारमा जति पनि व्यक्ति पूजनीय भएका छन्, सबै परोपकारी आत्माहरु नै छन् । तसर्थ, एउटा असल अभिभावकले आफ्नो व्यवहारबाट जहिले पनि प्रेम र परोपकारको पाठ पढाइरहेको हुन्छ ।

३. स्वस्थ जीवनशैली

‘स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने भनाइसित हामी कोही पनि अपरिचित छैनौँ । जीवनमा सबै कुरा छ, तर स्वास्थ्य छैन भने के अर्थ रह्यो र ? परिकारहरु छन्, तर स्वाद छैन, दृश्यहरु छन्, तर दृष्टि छैन, आवाजहरु छन् तर सुन्न सकिँदैन, संसारमा सबैसबै भव्य र दिव्य कुराहरु छन्, तर आयु छैन भने कुनै अर्थ छ र ? यो जीवन परमात्माले ठूलो कृपाले हामीलाई दिएको छ । जन्मँदा हामी अधिकांशले स्वस्थ जीवन लिएर आएका हुन्छौँ । चम्किला आँखा, तिखो कान, दौडने खुट्टा, खोज्ने मस्तिष्क र सुन्दर शरीर । तर, बिस्तारै हाम्रै कारण हाम्रो शरीरले सास्ती खेप्नुपर्दछ । रोगहरुको चाङ लाग्छ र असमयमै यति सुन्दर संसार अनि आफ्ना प्यारा छोराछोरीले गरेका कीर्ति देख्न–भोग्न छोडेर यमलोल प्रस्थान गर्ने मोडमा व्यक्ति पुग्दछ ।

अभिभावक सधैँ स्वस्थ हुनुपर्दछ र छोराछोरीलाई स्वस्थ राख्न प्रयासरत रहनुपर्दछ । स्वास्थ्य के हो ? कस्तो आहारविहार जीवनका लागि आवश्यक छ ? कस्तो जीवनशैली सुन्दर हुन्छ ? यी विषयमा आफू पनि सचेत रहने र आफ्ना बालबालिकालाई पनि सचेत तुल्याउनु असल अभिभावकको लक्षण हो । स्वास्थ्य छ भने सबै छ भन्ने कुरालाई हामीले हाम्रा छोराछोरीको मस्तिष्कमा गहिरो गरी स्थापित गर्नुछ, किनभने उनीहरु स्वस्थ भए भने लामो समय यो धरतीमा रहने छन् र अनेक सम्भावनालाई सार्थक तुल्याउने छन् ।
अभिभावकको जीवनशैली सा¤िवक, सुन्दर र स्वस्थ छ भने बालबालिका स्वतः त्यस्तै हुन्छन् । दैनिक स्नान, शौच, व्यायाम, स्वस्थ र

ताजा भोजन अनि सकारात्मक चिन्तनतर्फ उनीहरुलाई सिकाइरहनुपर्दछ । स्वस्थ जीवनशैलीप्रति उनीहरुलाई निरन्तर प्रेरित त गर्ने तर भनेर भन्दा बढी त्यस्तै जीवनशैली अपनाएर । एउटा आदर्श अभिभावक यस्तै हुन्छ ।

४. आत्मनिर्भरता र स्वावलम्बन

स्वावलम्बन निकै ठूलो विशेषता हो । सानामसिना काम, जुन आपैmँले गर्नुपर्ने हुन्छन्, ती आपैmँ गरौँ, गर्न प्रेरित गरौँ । हाम्रो देश मात्र परनिर्भर छैन, हामी सबै परनिर्भर छौँ । भारतले नदिए हामीले खान नपाउने स्थिति छ । चीनले नदिए जीवन चलाउन नसक्ने अवस्था छ । युरोपतिरकाले कुदृष्टि राखे सबै कुरा बिग्रने अवस्था छ । यसका लागि देशको कुनै दोष छैन । हामी सबै नागरिक त्यसका लागि दोषी छौँ । हामी अल्छी भयौँ, हाम्रा सानामसिना काम पनि अरुले नै गरिदिनुपर्ने भयो । हामी अल्छी हुनुको परिणाम देशले भोग्नु परेको छ ।
छोराछोरीले आफू आपैmँमा ढुक्क हुने कला सिकून् । कसैले गरिदिएला र रमाऔँला भनेर बस्यौँ भने त्यो आकासको फलजस्तै हुन्छ । जसले आफ्नै पाखुरीमा विश्वास गर्छ, श्रम गर्छ, समयमै सबै काम भ्याउँछ, उसलाई कुनै कुराको अभाव हुँदैन । अरुको मुख ताक्नु पनि परेन । तपाईंले यो आत्मनिर्भरता र स्वावलम्बनको पाठ आफू पनि त्यस्तै स्वावलम्बी भएर सिकाउनुपर्दछ ।
बालबालिका सामान्य कामका लागि कसैको भर पर्न नपरोस् भन्नका लागि ‘घरको काम मेरो पनि दायित्व हो, मैले पनि यो दायित्व पूर्ण निष्ठाका साथ निर्वाह गर्नुपर्दछ’ भन्ने संस्कार उनीहरुले सिकेको हुनुपर्दछ । अभिभावकले व्यवहारबाट बालबालिकालाई यसको अनुभूति गराउनुपर्दछ ।

५. तनाव व्यवस्थापन

जीवनमा तनावहरु आइरहन्छन् । यो जीवनको एउटा पाटो हो । तनाव उसको कारणले भन्दा पनि हाम्रो कारणले उत्पन्न हुने विषय हो । हाम्रो निम्तोलाई उसले सहर्ष स्वीकार्ने मात्रै हो । अचम्म के छ भने तनावका कारक हामी स्वयम् हौँ र पनि त्यसका लागि अरुलाई दोष दिन्छौँ । हाम्रा छोराछोरीले ‘जीवनका मेरो विचार, काम, सम्बन्ध र व्यवहारका कारण तनावहरु उत्पन्न हुने हुनाले तिनको निराकरण पनि मैले नै गर्न सक्छु’ भन्ने विश्वासको विकास गरेको हुनुपर्दछ ।

तनावहरुबाट पूर्ण मुक्ति पाउनभन्दा पनि तिनलाई व्यवस्थापन गर्नका लागि प्रेरित हुन बालबालिकालाई हामीले सिकाउने हो । त्यसको सुरूआत त हामी अभिभावकबाटै हुनुपर्दछ । हामी अभिभावकले तनावलाई कसरी व्यवस्थापन गर्छौं, हाम्रा छोराछोरी पनि त्यसैबमोजिम अघि बढ्छन् । हाम्रो तनावले हामीलाई जस्तै हाम्रा छोराछोरीलाई पनि असर गरिरहेको हुन्छ । तसर्थ, सबैखाले तनावका समयमा पनि हामी तिनलाई व्यवस्थापन गरेर दुरूस्त हुने कोसिस गर्नुपर्दछ । यो, अभिभावकको अर्को दायित्व हो ।

६. समस्याहरुमा पनि सहज/स्वाभाविक

हरेक कामको सुरूआत दुःख र सङ्घर्षबाट हुने गर्दछ । आमाले सन्तानलाई जन्म दिँदा के सजिलो गरी जन्माएकी हुन्छिन् र ? के बच्चा जन्मँदा ऊ आउने बाटो फराकिलो, सुन्दर र उसले सोचेजस्तो थियो र ? सानो र साँघुरो बाटोबाट बडो कष्टसाथ सङ्घर्ष गर्दै ऊ जन्मिएको हुन्छ, आमाले पनि ठूलो कष्टले जन्माएकी हुन्छिन् । जीवनमा प्रतिक्षण कष्ट छ, दुःख छ, अप्ठ्याराहरु छन्, तर तिनै अप्ठ्याराका बीचमा नै अवसरहरु छन्, सफलताहरु छन्, खुसी र आनन्दहरु छन् ।

हामीले जीवनलाई यसरी व्याख्या गर्नुपर्दछ र हरेक दुःखहरुमा पनि सहज हुन सिक्नुपर्दछ, सिकाउनुपर्दछ । बालबालिकालाई समस्याहरुका बीचमा पनि हामी कत्ति विचलित नभएको, नआत्तिएको, भ्रमित नभएको कुरा देखाउनुपर्दछ । समस्या आउँदा बालबालिका डराउँछन्, हामी हाँसीहाँसी ती समस्याका बीचमा पनि अविचलित रह्यौँ भने तिनले पनि समस्याका बीचमा पनि मुस्कुराउने कला सिक्दछन् । उनीहरुलाई निरन्तर कामका लाग्न प्रेरित गर्नुपर्दछ । असफलता सफलताका पूर्वचरणहरु हुन् भनेर सिकाउनुपर्दछ । हामी पनि जीवनका असफलताका बीचमा सहज र स्वाभाविक रहँदै, हाँस्दै मुस्कुराउँदै र कत्ति नआत्तिँदै अघि बढ्नुपर्दछ । हाम्रो यो गुण हाम्रा छोराछोरीका लागि ठूलो प्रेरणा बन्न पुग्दछ ।

७. सुरक्षाको प्रत्याभूति

असुरक्षा अधोगतिको मुख्य कारण हो । व्यक्तिले यदि आफूलाई असुरक्षित महसुस ग¥यो भने उसका सबैसबै प्रगति—उन्नतिका बाटाहरु बन्द हुन पुग्छन् । हाम्रा छोराछोरीले यदि असुरक्षित महसुस गरे भने त्यो राम्रो हुँदैन । त्यसका लागि हामीले उनीहरुलाई प्रेम गर्नुपर्दछ । तिनका राम्रा गुणको प्रशंसा गर्नुपर्दछ । सम्मानका साथ व्यवहार ग¥यौँ भने, उनीहरुलाई आवश्यक ध्यान दियौँ भने, राम्रो कामका लागि प्रेरित ग¥यौँ भने, तिनका विचारलाई समर्थन ग¥यौँ भने र उनीहरुले आफू एक्लो भएको महसुस गरेनन् भने हाम्रा छोराछोरी पूर्णतः सुरक्षित भएको महसुस गर्दछन् । हामी पनि सुरक्षित छौँ भन्ने बालबालिकाले महसुस गरुन् । अभिभावकले बालबालिकालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउनुपर्दछ ।

८. सुदृढ दाम्पत्य जीवन

बालबालिकाले बाबुआमाको निष्कर्षहीन र झगडा बढाउने किसिमको बहस मन पराउँदैनन् । बाबुआमाको सुदृढ सम्बन्ध उनीहरुको अर्को चाहना हो । यससम्बन्धमा हामीले यसअघि पनि चर्चा गरेका छौँ । यतिखेर बिर्सन नहुने विषयका रुपमा यो आएको छ ।
हामीले आफ्नो जीवनसाथीको नकारात्मक कुरा मात्रै गर्ने, दोष लगाउने, विश्वास नगर्ने, आफ्नो विवाह र सम्बन्धलाई अरुको सित तुलना गर्ने, वैवाहिक सम्बन्धको औचित्य नदेख्ने जस्ता लक्षणले घर बिग्रन्छ । त्यसको साटो श्रीमती वा श्रीमान्का गुणहरुको प्रशंसा गर्ने, मेरो जीवनसाथीको लागि मैले के राम्रो गर्न सक्छु भनेर सोच्ने, सधैँ उन्नति–प्रगतिका लागि प्रोत्साहित गर्ने, कोमल र प्रेमपूर्ण हुने कुराले सम्बन्ध सुदृढ हुन जान्छ, परिणामतः हाम्रा छोराछोरीले पनि भोलि त्यस्तै बलियो दाम्पत्य जीवनको शिक्षा घरबाटै प्राप्त गर्दछन् । यो अभिभावकले विचार गर्नुपर्ने अर्को विषय हो ।

९. सामाजिकताको ज्ञान

मानिस सामाजिक प्राणी हो । ऊ कहिल्यै एक्लै बस्न सक्दैन । चाहे घरमा होस्, चाहे बाहिर होस्; ऊ मानिसहरुकै वरपर हुन्छ । उसको जीवनको सार्थकतामा तिनै मानिसको हात हुन्छ । त्यसैले, ती मानिसप्रति जवाफदेही हुनु हाम्रो दायित्व हो । हाम्रा छोराछोरीले समयमै सामाजिकताको शिक्षा पाए भने उनीहरुको भोलिको जीवन पनि सामाजिक भएर जान्छ ।

बालबालिकालाई सामाजिक बनाउन बाँडीचुँडी खाने, दुःखसुख साटासाट गर्ने कला, पृष्ठपोषण गर्ने कला, मानिसका विविधतालाई सम्मान र स्वीकार गर्ने, अर्काका अधिकार र कर्तव्यलाई सम्मान गर्ने, भावना बुझ्ने, आँखामा आँखा हेरेर बोल्ने, सुन्ने, बोल्दा नरोक्ने, समन्वय गर्ने, सहयोग गर्ने, नम्र भएर प्रस्तुत हुने र सम्मानका साथ आफ्नो विमति राख्ने गर्न सिकाउनुपर्दछ । हामीले पनि व्यवहारमा यी गुणहरुलाई अपनायौँ भने बालबालिकाले छिटो सामाजिक हुने अवसर पाउँछन् ।

१०. सबैका लागि आदर्श

जसको जीवन अनुकरणीय छ, सबैले सिको गर्न योग्य छ त्यही जीवन आदर्श जीवन हो । अभिभावक हरेक छोराछोरीका आदर्श हुन् । समाजका लागि सोच्ने, परोपकारका काम गर्ने, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने एवम् सधैँ सेवा र सहयोगका लागि तयार हुने मानिस सबैको अनुकरणीय हुन्छ । हामीले यस्तै काम गरेर हाम्रा छोराछोरीलाई आदर्श बन्न प्रेरित गर्नुपर्दछ ।

बालबालिकाका लागि तिनका बाबुआमा सबैभन्दा ठूला नायक—नायिका हुन् । यति आदरणीय व्यक्ति पनि दुराचार र दुव्र्यवहारतिर लागे भने सबै बिग्रन्छ । तसर्थ, हरेक अभिभावकले आफूलाई अनुकरणीय र आदर्श बनाउन आवश्यक सद्गुण र सद्व्यवहारको विकास गर्न जरूरी हुन्छ । यो पनि असल अभिभावकको अर्को विशेषता हो ।

११. नेतृत्व र जिम्मेवारीको अभ्यास

हामी हाम्रा छोराछोरीका अगुवा हौँ, नेता हौँ, रोलमोडल हौँ । उनीहरुलाई बेलाबेलामा हाम्रा जिम्मेवारी हस्तान्तरण पनि गर्नुपर्दछ । हामीले गर्दै आएका काम गर्न पाउँदा ती चौपट्टै खुसी हुने गर्दछन् । हामीलाई पनि हलुका हुने, छोराछोरीले पनि काम पाउने ! काम मात्रै होइन, त्यहीँबाट तिनले नेतृत्व लिने र कामप्रति जिम्मेवार हुने कला सिक्दै जान्छन् ।

सकेसम्म घरमा दाजुदिदी छन् भने तिनलाई भाइबहिनीको हेरचाह गर्ने, घरका काम गर्ने, मिलेर काम गर्न लगाउने, ठूला मानिसले भनेअनुसार काम गर्न प्रेरित गर्ने गर्नुपर्दछ । घरका यी साना–साना काम हुँदै भोलिका ठूला–ठूला कामको नेतृत्व लिन सक्ने व्यक्तिका रुपमा उभिनका लागि पनि यसले बल पु¥याउँछ । उनीहरुलाई आफूले गरेका कामको जस र अपजस दुवै लिनुपर्छ भनेर पनि सिकाउन सकिन्छ । अभिभावक यो विषयमा पनि सचेत हुन आवश्यक छ ।

१२. आध्यात्मिक र धार्मिक संस्कार

असल अभिभावक आत्मिक हुन्छ, आध्यात्मिक हुन्छ र आफ्ना ऐतिहासिक एवम् धार्मिक मूल्यहरुप्रति अत्यन्त सकारात्मक हुन्छ । आध्यात्मिक हुनुको अर्थ करूण, प्रेमपूर्ण, सहयोगी, मानवीय र मूल्यवादी बन्नु हो । धार्मिक हुनुको अर्थ आफ्ना पूर्वजप्रतिको सम्मानपूर्ण साथै समाजका सांस्कृतिक मूल्यहरुप्रति निष्ठावान् हुनु हो ।

हाम्रा छोराछोरीले समाजमा चलेका धर्म, परम्परा, मूल्यमान्यता, संस्कार–संस्कृति र रीतिथितिप्रति सम्मान व्यक्त गर्नुपर्दछ । यसैबाट राष्ट्रियताको उदय हुन्छ । देशका मूल्य र संस्कारहरु नै मूलतः राष्ट्रियताका परिचायक हुन् । यिनलाई अवमूल्यन गर्नेहरुले राष्ट्रलाई मूल्य दिन्छन् भनेर विश्वास गर्न सकिँदैन । तसर्थ, आध्यात्मिक एवम् धार्मिक मह¤व र विशेषताप्रति हाम्रा छोराछोरी सकारात्मक भए भने यो एक जना अभिभावकको ठूलो सफलता हो ।

१३. संवेगमाथिको सुव्यवस्थापन

व्यक्तिभित्र धेरै प्रकारका संवेगहरु हुन्छन् ः रिस, क्रोध, आवेग, काम, अति भावुकता आदिआदि । यी जति धेरै हुन्छन्, अनियन्त्रित हुन्छन् समस्याहरुको सुरूआत त्यहीँबाट हुन्छ । कसैका कुराले उत्तिखेरै आवेशमा आउने व्यक्तिबाट मानवीय काम हुन सक्दैनन् ।
हाम्रा छोराछोरीलाई रिसले कुनै फाइदा गर्दैन भनेर बुझाउन सक्नुपर्दछ । अति भावुक भइयो भने भने समस्या हुन्छ । जसले यी विषयमाथि नियन्त्रण कायम गर्न सक्छ उही सर्वप्रिय हुन्छ । हामीले घरमा संवेगहरुमाथि शासन गरेको अनुभूति हाम्रा बाबुनानीले राम्ररी गरुन् । संवेगमाथिको सुव्यवस्थापनबाट मात्रै प्रेम र सिर्जनाको यात्रा आरम्भ हुन्छ । रिसको बेलामा शान्त हुन, अति भावुकताबाट नबहकिन, नमात्तिन र नआत्तिन आवश्यक परामर्श दिनुपर्दछ र आफू पनि त्यसरी नै संवेग र आवेगहरुलाई व्यवस्थित गर्न सक्नुपर्दछ । यो अभिभावकको अर्को गुण हो ।

१४. नीतिनियमप्रति पूर्ण बफादार, न्यायोचित निर्णयकला

समाजमा नियम हुन्छन्, विधिविधान हुन्छन्, मूल्य र मान्यता हुन्छन् । हामी ती सबै नीतिनियमप्रति उत्तिकै बफादार र जिम्मेवार हुनुपर्दछ । घरमा यदाकदा समस्या आउँछन् । हामीले घरमा पनि एक प्रकारको अनुशासन र नीतिलाई निर्धारण गरेका हुन्छौँ । ती सबै कुरालाई अक्षरशः पालना गर्न र ती नियमप्रति पूर्ण बफादार रहन सक्नुपर्दछ ।

यदि घरमा कुनै विवाद भयो र निर्णय गर्न प¥यो भने आपैmँले दण्ड पाउनुपर्ने अवस्था छ भने पनि त्यहीबमोजिमको निर्णय गर्नुप¥यो । बालबालिकालाई ‘बाबा÷आमा नियमप्रति अत्यन्त प्रतिबद्ध हुनुहुन्छ, उहाँले कहिल्यै गलत निर्णय गर्नुहुँदैन’ भन्ने विश्वास पर्नुपर्दछ । नियमप्रति सामाजिक नियम, कानुनी प्रावधान सबैसबैप्रति बफादार अभिभावकका छोराछोरी नै भविष्यका असल सन्तान हुन् ।

१५. सप्रेम श्रवण

मानिसका लागि नभई नहुने अर्को गुण ‘श्रवणकला’ हो । आज बोल्नेहरु त छन्, तर सुन्नेको अभाव छ । यदि मानिसलाई धैर्यसाथ सुन्ने मात्र हो भने पनि धेरै समस्याको समाधान स्वतः हुन्छ । मान्छेले आफ्ना कुरा राम्ररी भन्न पाएकै हुँदैन । मनोचिकित्सकीय दृष्टिले पनि बालबालिकाका कुरा सुन्ने बानीले एक प्रकारको उपचारकै काम गरेको हुन्छ ।

हाम्रा छोराछोरीका कति कुरा हुन्छन् । उनीहरु बताउन पनि चाहन्छन्, तर अभिभावक सुन्ने सामथ्र्य राख्दैनन् । जुन अभिभावकले छोराछोरीका कुरा प्रेमपूर्वक सुन्न सक्छन्, तिनका छोराछोरी साँच्चै नै मनोवैज्ञानिकरुपले अत्यन्त स्वस्थ हुन्छन् भने तिनलाई परेका समस्याहरुको समाधान खोज्न पनि सहयोग मिल्छ ।

जसले हाम्रा कुरा सुन्छन्, हामीले पनि त तिनैलाई मन पराउँछौँ । हाम्रा छोराछोरीले यदि हामीलाई मन पराएका छन् भने हामीले तिनलाई शान्त र धैर्यसाथ सुनिदिने गरेका छौँ भन्ने प्रमाणित हुन्छ । हाम्रो यो बानीले पछि गएर तिनलाई पनि अरुका कुरा सुन्ने संस्कार प्राप्त हुन्छ ।
समग्रमा, एउटा असल अभिभावकका लक्षण के–के हुन सक्छन् ? भन्ने सन्दर्भमा माथिका यी बुँदाहरुमा हामीले चर्चा ग¥यौँ । यद्यपि, यी विषय अन्य सन्दर्भमा पनि आएका छन्, तापनि निष्कर्षका रुपमा हामीले तिनलाई दोहो¥याएर यहाँ प्रस्तुत गरेका छौँ । आशा छ, यी बुँदाहरुले ‘असल अभिभावक’ बन्न हामी सबैलाई मार्गप्रशस्त गर्नेछन् । सबैको मङ्गल र कल्याण होस् । जय अभिभावक ! जय छोराछोरी  !

#चितवन पोष्ट

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     10:45:13 AM  |