बाँकेको राप्तीसोनारी ढकेरीमा विपी जयन्ती मनाइदै



कोहलपुर ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचत प्रधानमन्त्री विश्वेवश्वरप्रसाद कोइरालाको १०६ औं जन्मजयन्ती आज विविध कार्याक्रमका साथ राप्तीसोनारी ९ ढकेरीमा मनाइदैं छ । कोहलपुर नगरपालिका वडा नं. १० का अध्यक्ष निम बहादुर चलाउने(निरज)का अनुसार नेपाली काँग्रेसका संस्थापक विपि कोइरालाको ढकेरीमा १२ बजे बाट भव्य र सव्य कार्यक्रम गरी मनाउने बताए ।

नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संस्था र नेपाली साहित्यकारहरुले सहभागि भई कोइरालालाई सम्झदैं यो दिवश मनाउने गर्दछन् । पटक पटक गरी १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भारतको बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका थिए ।

वि.सं २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका कोइराला विसं २००६ सालमा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकसँग पार्टी एकीकरण गरेपछि सभापति बनेका थिए । राजनीतिज्ञ मात्र नभएर प्रसिद्ध साहित्यकारको रुपमा समेत पहिचान बनाएका कोइरालाका डेढ दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । उनको निधन विसं २०३९ साल साउन ६ गते भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २४ गते मंगलबार