कोहलपुर प्रहरीद्वारा न्योपानेमाथि गोली प्रहार, शिक्षण अस्पताल कोहपुरमा उपचार हुँदै



कोहलपुर । 

कोहलपुर प्रहरीद्वारा ६ वर्ष कैद सुनाएका फरार व्यक्तिलाई गोली चलाएको छ । चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार व्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको हो ।

सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै नरेन्द्र न्यौपाने भेटिएपछि नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको कोहलपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रहरीले नरेन्द्र न्यौपानेलाई नियन्त्रण लिने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो । न्यौपानेलाई ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय सुनाएका
थिए । अहिले घाइते भएका नरेन्द्र न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोहलपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १६ गते सोमबार