6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

नेकपा सल्यानका सबै स्थानीय तहमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

सल्यान ११ भदौ।

नेपाल कम्युनिष्ट पार्टि सल्यानले जिल्लाका दश वटै स्थानीय तह र वडामा नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकले स्थानीय कमिटीहरुको टुंगो लगाएको हो । साविक एमाले र माओवादीले पाँच पाँच स्थानीय तहको नेतृत्व पाएका छन् । यस्तै साविक एमालेले ४२ र साविक माओवादीले ४१ वडाको नेतृत्व पाएको नेकपा सल्यानका सचिब कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।
जस अनुसार सबै तहका अध्यक्ष र सचिवको टुंगो लागेको हो । पुर्व एमालेबाट अध्यक्ष हुने स्थानिय तहमा पुर्व माओवादीबाट सचिव र पुर्व माओवादीको अध्यक्ष हुने स्थानिय तहमा एमालेबाट सचिव बनेका छन ।

पुर्व एमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी अनि पुर्व माओवादीबाट शारदा, बन्गाडकुपिण्डे, दार्मा, कुमाख र कालिमाटीमा नेतृत्व लिएका छन ।
बागचौरमा घनश्याम शर्मा अध्यक्ष र लोकमान बुढाथोकी, कपुरकोट घनश्याम शर्मा अध्यक्ष तिर्थ राज बस्नेत सुचिव, त्रिवेणी लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाखमा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव अनि छत्रेश्वरीमा ओज बहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्का सचिव बनेका छन ।

शारदामा नविन सिंह भडेल अध्यक्ष र यौवन प्रकाश श्रेष्ठ सचिव, बनगाड कुपिण्डमा कीर्ती बहादु्र राना अध्यक्ष र गन्ज्मान बुढा सचिव, दार्मामा असविर बुढाथोकी अध्यक्ष र दल बहादुर केसी सचिव, कुमाखमा चन्द्र बहादुर राना अध्यक्ष र भैरव शाहा सचिव र कालिमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसी सचिव बनेका छन ।

साथै वडा स्तरमा पनि नेतृत्व कसले लिने भन्नेमा पनि जिम्मेवारी बाँडफाँड भएको छ । ८३ वडाहरु मध्य ४२ पुर्व एमाले र ४१ पुर्व माओवादी जिम्मामा परेका छन । जसमा पुर्व एमालेको तर्फबाट शारदाका १, २, ५, ६, ८, ११, १२ र १४ नं वडा र पुर्व माओवादीको तर्फबाट ३, ४, ७, ९, १०, १३ र १५ जिम्मेवारी बाँडिएको छ ।

बनगाड कुपिण्डे १, ३, ४, ७, ९, १० र १२ पुर्व एमाले अनि २, ५, ६, ८ र ११ पुर्व माओवादीले जिम्मेवारी लिने भएको छ । यता बागचौर नगरपालिकाका २, ५, ९, १० र १२ पुर्व एमाले अनि १, ३, ४, ६, ७, ८ र ११ पुर्व माओवादीको जिम्मामा परेका छन । त्यस्तै कुमाख गाउँपालिकाका १, ३ र ६ पुर्व एमाले अनि २, ४, ५, ७ पुर्व माओवादीको जिम्मामा छन ।

दार्मा गाउँपालिकाका १, ३, ६ मा पुर्व एमाले र २, ४, ५ मा पुर्व माओवादीको तर्फबाट नेतृत्व हुनेछ भने सिद्ध कुमाख गाउँपालिकाका ३, ४, ५ पुर्व एमाले अनि १र २ पुर्व माओवादीले चलाउने छन ।

छत्रेश्वरीका ३, ४, ५ पुर्व एमाले र १, २, ६, ७ पुर्व माओवादी अनि त्रिवेणीका १, ४, ५ पुर्व एमाले र २, ३, र ६ पुर्व माओवादीका अध्यक्ष हुनेछन । कपुरकोटका ३, ४, ५ पुर्व एमाले र १, २, ६ पुर्व माओवादी अनि कालिमाटीका १, २, ३, ४ पुर्व एमाले र ५, ६, ७ पुर्व माओवादीका अध्यक्ष हुनेछन ।

बुधबारको बैठकले स्थानिय तहका नेतृत्व चयन संगै दुवै पार्टिको सबै कमिटी एकता भएको नेकपा जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले जानकारी दिएका छन ।

नेकपा कर्णाली प्रदेश सह इन्चार्ज यमलाल कडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रिय सदस्य तथा सहइन्चार्ज प्रकाश ज्वाला, जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र सहइन्चार्ज गुलावजंग शाह लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कर्ण बहादुर बुढाथोकीले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     7:30:00 PM  |