19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

कता जादै छ हाम्रो समाज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६  

नेपाल विकासोत्मुख देश हो । देश विकास क्रम संग समाज, परिवेश पनि बदलिदै जान्छ । भुगोल, भाषा, संस्कृतिले विविधता रहेको हाम्रो मुलुकको समाज पनि विविध प्रकारको छ । सम्रान्त र कुलिन वर्गबीच आकास र पातालको भिन्नता हाम्रो देशमा । हुने खाने र हुँदा खाने वर्ग पनि छ । जनताको जीवनस्तरको परिवर्तन त त्यहाँको राजनितिक, सामाजिक, आर्थिक अवस्थाले निर्धारण गर्छ । अहिले देश लामो राजनितिक गतिरोध अन्त्य गरि स्थायी सरकार सम्मको यो यात्रा सम्म आईपुगेको छ । तर देशमा निरक्षरता, बेरोजगारी, गरिबी परनिर्भरता व्याप्त छ । देशमा दिनँहु हत्या, हिंसा, बलात्कार, आत्महत्या जस्ता घटना घटिरहेका छन् ।

दिन प्रति दिन यस्ता घटना भईरहेकै छन् । यि यस्ता समस्याका बावजुत बलात्कार पनि समाजको आवश्यकता जस्तै हुँदै गईरहेको छ । बलात्कार जस्तो जघन्ज अपराधमा पनि प्रभावमा पारेर पैसामा मिलाउने खालका अनैतिक र गैर संवैधानिक गतिविधि मौलाएका छन् । कतिपय अवस्थामा पिडित र पिडक पक्ष बीच यस्ता गोप्य सहमति हुने गरेका थुप्रै दृष्टान्त छन् । यस्तै घटना बाँकेको कोहलपुरमा घटेको छ । ६ वर्षे नाबालिका माथि बलात्कार गर्ने व्यक्ति पक्षले पिडित पक्षलाई आर्थिक प्रलोभनमा पारेर अपराध लुकाउन खोजे । तर तिनीहरुको प्रयास सफल हुन सकेन । परिणात पिडित पक्षको सुराकीका आधारमा सबै गिरोहलाई पक्रन प्रहरी सफल भयो । ६ बर्षे नाबालिका माथि बलात्कार गर्ने आरोप लागेका व्यक्ति विभिन्न अपराधमा संलग्न रहेको खुल्न आएको छ । यसले के स्पष्ट हुन्छ भने यस्ता खालका असामाजिक गतिविधि गर्ने व्यक्ति अपराधिक पृष्ठभूमिका बढि छन् । यिनैले समाजको धमिल्याउने कार्य गरिहेका छन् । यस्ता केही मात्रामा मात्रै पक्राउ पर्नुले सरकार र प्रहरीको सफलताका रुपमा लिन सकिदैन ।

यसको प्रत्यक्ष उदाहरणका रुपमा कञ्चनपुरको उल्टाखामकी १३ वर्षे बालिका निर्मला पन्तको बिभत्स बलात्कार पछि हत्याको घटनालाई दिन सकिन्छ । यस्तै प्रकृतिका हजारौ घटनामा पिडितले न्याय पाएका छैन् ।हुनेखाने, सम्रान्त राजनितिक पहुँज भएको पिडक अझै कानुनी दायरामा आउन नसकेका कयौ घटना छन् । पिडितलाई न्याय दिनुको साँटो उल्टै अन्यायमा पार्ने काय भईरहेको छ ।त्यसैले यस्ता प्रकारका घटना विभिन्न पृष्ठभूमिसंग सम्बन्धित छन् । राज्यले यस्ता प्रकृतिका घटना कसैको प्रभाव र अभावमा नपरेर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही र पिडितलाई न्याय दिनु पर्दछ । त्यसै भनिएको होईन होला कानुन, न्याय सबैको लागि बराबर हुन्छ भने । त्यसैले कानुन निर्माण मात्रै होईन कार्यान्वयन पक्षलाई पनि सबै मिलेर पालना गरौ । मरिलानु के छ र बाँचुञ्जेल समाजको सुयोग्य सस्दय भएर बाँचौ ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     9:54:28 AM  |